अत्तरिया, कैलालीकाे चुरे गाउँपालिका वडा नम्बर ६ स्थित भगवती माध्यमिक विद्यालय, कोट ढुवानीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विद्यार्थी नेता तथा युवा समाजसेवी गणेश नाथयोगी सर्वसम्मत रूपमा चयन भएका छन्।
अध्यक्षमा चयन भएलगत्तै योगीले विद्यालयको सुशासन, शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधारको सुधारमा आफूले सक्दो योगदान दिने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालय व्यवस्थापन समिति, सदस्यहरू तथा विद्यार्थीहरूसँग समन्वय गर्दै विद्यालयको हक हितमा प्रभावकारी ढंगले कार्य गर्ने बताएका छन्।
याेगी नेकपा एमाले निकट अनेरास्ववियुका सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक समेत हुन्। शिक्षा तथा समाजसेवामा सक्रिय युवाका रूपमा परिचित योगीको नेतृत्वमा विद्यालयको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।