निमेश अस्पतालमा मिर्गौला र हाड जोर्नी रोग विशेषज्ञ सेवा सुरु, प्रत्येक शनिबार सेवा उपलब्ध

अत्तरिया,कञ्चनपुरकाे कृष्णपुर नगरपालिका–५, गुलरियामा अवस्थित निमेश सामुदायिक अस्पतालले अबदेखि प्रत्येक शनिबार मिर्गौला तथा मूत्ररोग (नेफ्रोसिस युरोलोजी) र हाड जोर्नी (अर्थोपेडिक) रोग विशेषज्ञ सेवा दिने भएको छ।

नयाँ सेवा सुरु गरिएको जानकारी अस्पतालका सञ्चालक डा. फुलराम चौधरीले दिएका छन्। उनका अनुसार सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पतालले हप्ताको एक दिन विशेषज्ञ सेवा उपलब्ध गराउने निर्णय गरेको समेत उहाँले बताए ।

छोटो समयमै फरक पहिचान बनाउँदै आएको निमेश सामुदायिक अस्पतालले स्थानीयबासीको भावना, आवश्यकता र विश्वास जित्दै सेवाग्राहीहरूका समस्या प्राथमिकतामा राख्दै निरन्तर गुणस्तरीय सेवा दिँदै आएको छ।

अस्पतालका अनुसार, प्रत्येक शनिबार देशका विभिन्न स्थानबाट विशेषज्ञ चिकित्सकहरू बोलाएर रोग विशेष सेवा दिने दिने गरिएको समेत बताएका थिए। यसबाट ग्रामीण क्षेत्रका नागरिकलाई शहर जानु नपर्ने र सुलभ रुपमा गुणस्तरीय उपचार सेवा पाउने वातावरण बनेको छ।

“हामीले अस्पताल स्थापना गर्दा सेवाग्राहीप्रतिको उत्तरदायित्व र विश्वास जित्ने लक्ष्य राखेका थियौँ। आज त्यो विश्वासलाई कायम राख्दै थप सेवा विस्तार गर्दैछौं,” सञ्चालक डा. चौधरीले भने। नयाँ सेवा सुरु भएसँगै निमेश समुदायिक अस्पताल स्वास्थ्य सेवामा अझ प्रभावकारी रूपमा अगाडि बढेकाे छ।

 

ताजा समाचार