अत्तरिया,कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज एक दिनको शोक बिदा दिइएको छ। क्याम्पसमा अध्ययनरत एक छात्रको निधन भएपछि सो शोकमा क्याम्पस बन्द गरिएको हो।
क्याम्पसका अनुसार सिएसआइटिइ (CSIT) सातौं सेमेस्टरमा अध्ययनरत छात्र जीवनसागर अवस्थीको जन्डिसका कारण आइतबार निधन भएको हो। उनकाे असामयिक निधनले क्याम्पसमा शोकको छायाँ छाएको छ।
स्व. अवस्थी पढाइमा अब्बल, मिलनसार र अनुशासित विद्यार्थीका रूपमा चिनिएका थिए। उनकाे निधनले सम्पूर्ण क्याम्पस परिवार शोकमा डुबेको छ।
क्याम्पस प्रशासनले एक विज्ञप्ति जारी गर्दै आजका लागि सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य बन्द गरी शोक बिदा दिएको जानकारी गराएको छ। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।