गोदावरी नगरपालिकाद्वारा तीर्थयात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन

गोदावरी -कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धाममा आउने तीर्थयात्री र भक्तजनहरूको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। यस सेवाको मुख्य उद्देश्य धार्मिक स्थलमा आउने भक्तजनहरूको यात्रा सरल, सुलभ र व्यवस्थित बनाउनु हो। नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले यो योजना तीर्थयात्रुहरूको सुविधाका लागि विशेष प्राथमिकताका साथ कार्यान्वयन गरिएको बताएका छन्।

नगर प्रमुख भट्टका अनुसार, गोदावरी धाममा दैनिक हजारौं भक्तजनहरूको आगमन हुन्छ। त्यसैले यात्रामा देखिने कठिनाइ हटाउन र नगरपालिकाको धार्मिक पर्यटन प्रवर्द्धन गर्न यो सेवा सुरुवात गरिएको हो। नगरपालिकाले यो सेवाका लागि बसहरू उपलब्ध गराएको छ, जसले गोदावरी धामसम्म निःशुल्क यात्राको सुविधा दिनेछ।

“धार्मिक पर्यटनको प्रवर्द्धन र भक्तजनहरूको सेवामा योगदान दिन हामी सँधै अग्रसर छौं। यो बस सेवा तीर्थयात्रीहरूको आवश्यकता पूरा गर्न र गोदावरी नगरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नको लागि उठाइएको महत्वपूर्ण कदम हो।”

निःशुल्क बस सेवा हप्ताको सातै दिन बिहानदेखि साँझसम्म सञ्चालनमा रहनेछ। यसका लागि विभिन्न स्थानहरूमा बस स्टपहरूको व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दा र भक्तजनहरूले यो सेवाको स्वागत गर्दै नगरपालिकाको यो प्रयासप्रति आभार व्यक्त गरेका छन्। उनीहरूका अनुसार, निःशुल्क बस सेवाले यात्रामा सहजता ल्याउनुका साथै धार्मिक यात्राको अनुभवलाई अझ सकारात्मक बनाएको छ।

गोदावरी नगरपालिकाको यो पहलले धार्मिक पर्यटन र सेवाको क्षेत्रमा उदाहरणीय योगदान दिने दिँदै आइरहेको छ।

 

 

ताजा समाचार