प्रेस चौतारी कैलालीको अधिवेशन ११ माघमा हुने

धनगढी , प्रेस चौतारी नेपाल कैलालीको जिल्ला अधिवेशन अगामी माघ ११ गते हुने भएको छ । शनिबार धनगढीमा बसेको प्रेस चौतारीको जिल्ला कमिटीको बैठकले संगठनको केन्द्रीय सर्कुलरअनुसार माघ ११ गते अधिवेशन गर्ने निर्णय सचिव जनक विष्टले जानकारी दिए ।

उनकाअनुसार प्रेस चौतारीको केन्द्रीय कमिटिले २५ माघभित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा बसेको बैठकले २८ मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समिक्षा समेत गरेको छ ।

अधिवेशनको एक हप्ता अगावै सदस्यता नवीकरण र नयाँ सदस्य वितरण गरिसक्ने निर्णय पनि गरेको सचिव विष्टले बताए । जिल्ला अधिवेशन सम्पन्न गर्न अध्यक्ष अचार्यको संयोजकत्वमा मूल आयोजक कमिटि पनि गठन गरेको छ । उक्त कमिटिमा जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य रहेका छन् भने आवश्यकताअनुसार थप्नसक्ने निर्णय गरिएको छ ।

 

ताजा समाचार