उतिसको प्रयोग र महत्व”

“उतिसको प्रयोग र महत्व”

हाम्रो देश “प्राकृतिक स्रोत र साधन संगसंगै जैविक विविधतामा पनी धनी देश हो”! यो शब्द हामीले पहिले देखिनै सुन्दै आएपनी, यो खाली सुनाईमा मात्र सिमीत रहेको छ! हाम्रा वरपर कती प्राकृतिक स्रोत, साधन छन, कस्ता प्रकारका बोटबीरुवाहरु छन, तिनीहरुको काम के हो आदी इत्यादि शब्द सित हामी सधै अनविज्ञनै रही रहेयौ! प्राकृतिक नियमका अनुसार पृथ्वीमा उत्पन्न भएका हर चिजवस्तुको आफ्नै छुट्टै प्रकारको गुण तथा विशेषता हुने गर्दछ! हामी एक छिन विचार गरौ त, के हामीले कहिल्यै हाम्रो वरपर पाइने बोटविरुवाहरुको वारेमा अध्ययन गरेका छौ? ति बोटविरुवाहरुको कार्य र वातावरण सन्तुलनमा पुर्याएको भुमिकाको बारेमा अध्ययन गरेका छौ? पक्कै पनी अध्धयन गरेका छैनौ! हामी एक छिन विचार गरौ त, प्रकृतिमा रहेका वा आफै उत्पन्न भएका हर चिजको के आफ्नो प्रकारको महत्व र विशेषता हुदैन होला र? के ती प्राकृतिक स्रोत वा बोटविरुवाहरु केइ महत्व र विशेषता विना उत्पन्न  भएका होलान त? अवश्यपनी भएका हैनन! ति प्राकृतिक चिजवस्तुतथा बोटविरुवाहरु मानव जिवनसित प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित रहेका छन!यदी हामीलाई तिनीहरुको महत्व र फाइदा बारे थाहा छ भने किन त्यसको हामी भरपुर फाईदा उठाउन सकिरहेका छैनौ!

त्यस्तै हाम्रो वरपर पाइने प्राकृतिक बोटविरुवाहरुमध्य एक महत्वपूर्ण बोटविरुवा हो “उतिस”, अर्थात् अल्नस नेपालेन्सीस, यो एक प्रकारको बोटबिरुवा हो विशेष गरेर पहाडी र हिमाली भेगमा पाईने गर्दछ! सजिलै सित पाइने यो बोटबिरुवाको महत्वबारे खासै ध्यान दिइएको पाइदैन! यो प्रकारको मेडिसीनल हर्व हो! यसको एक्सट्राक्क विभीन्न प्रकारका रोगहरुको उपचारको लागी प्रयोग गरिन्छ! जस्तै; मधुमेह, कयान्सर, बल्ड प्रेसर विमारीको लागी, हाम्रो शरिरमा रहेका हानिकारक विशाक्त पदार्थलाई निकाल्नको लागी, खोकीको उपचारको लागी, लगातार वगिरहेको रगतलाई रोक्नको लागी, छाला सम्बन्धी संक्रमणलाई निर्मुल पार्नको लागी,कब्जियत, रजस्वला सम्बन्धी उपचारको लागी समेत प्रयोगमा ल्याउन सकिन्छ! हालै गरिएको अनुसन्धान बाट यो कुरा पुष्टी हुन आएको हो!

कुनै पनी बोटविरुवाहरुमा दुई प्रकारका मेटावोलाईटसहरु पाइन्छन! जुन प्राइमेरी मेटावोलाइट र सेकेण्डरी मेटावोलाइट हुन! यो बोटबिरुवामा प्रशस्त मात्रामा मेटाबोलाइटसहरु भेटिएको छ! प्राइमेरी मेटावोलाइट सबै प्रकारका बोटविरुवाहरुमा पाइन्छन तर मात्रा फरक हुन सक्छ! सेकेण्डरी मेटावोलाइटहरु विशेष गरेर मेडिसीनल हर्व हरुमा पाउछन! वाच्नको लागी आवश्यक हुने मेटावोलाईटसहरुलाई प्राइमेरी मेटावोलाइट भनिन्छ! जस्तै; carbohydrates, प्रोटीन, खनिज, चिल्लो पदार्थ आदिहरु, सेकेण्डरी मेटावोलाइट भनेका त्यस्ता मेटावोलाइटस हुन जुन वाच्नको लागी आवश्यक नभएर रोगप्रतिरोधात्मक क्षमतालाई मजबुद बनाउनको लागी आवश्यक पर्ने गर्दछन! जस्तै, टरपिनोइड, फ्लाभिनोइड, अल्कालोइड, पोलीफिनोल आदी सेकेण्डरी मेटावोलाइटका गतिला उदाहरणहरु हुन! यिनै सेकेण्डरी मेटाबोलाइटसहरुले मेडिसीनल गुणहरु जस्तै एन्टि माइक्रोवियल, एन्टि क्यान्सर, एन्टि भेनम, एन्टि हेल्मीनथिक आदी जस्ता गुणहरु देखाउछ! हर प्रकारका मेडिसीनल हर्वमा सेकेण्डरी मेटावोलाइटसहरु पाउछ! जस्तै क्यानाविस स्याटिभा(गाजा) मा क्यानाविडोल, एकोरस क्यालामसमा (बोझो) मा अल्फा एसेरोन, आर्टीमिसीया इन्डिकामा( तितेपात्ती) मा अल्फा थुजोन जस्ता सेकेण्डरी मेटावोलाइटसहरु पाइने गर्दछन्! यिनै मेटावोलाइटसहरुले नै मेडिसीनल गुणहरु देखाइरहेको हुन्छ! यि सबै प्रकारका मेटाबोलाइटसहरु प्रशस्त मात्रमा उतिसमा पाईएको छ!! यिनै मेटाबोलाइट्सले गर्दा ज़िङ्क जस्तो न्यानोपाटिकल्स बनाई त्यसको अध्ययन गरिएको थियो!!! जसले उच्च एन्टिअक्सिडेन्ट र एन्टि माइक्रोबियल गुण देखाएको थियो! गरिएको एक अनुसन्धानले उतिसबाट बनाईएको न्यानोपाटिकल्सको सुक्ष्म जिवलाई मार्ने क्षमता उच्च देखाएको थियो!! अन्ततह: यो मेडिसीनल हर्वमा सुक्ष्म जिवलाई मार्ने क्षमता अत्यधिक हुनुका साथै यसमा हाम्रो शरीरमा हुने गरेका चेन प्रतिक्रिया लाई समेत रोक्ने देखिन्छ!!! जसले गर्दा बिभिन्न रोगहरु जस्तै मधुमेह, क्यान्सर आदी बाट बच्न सकिन्छ!!

यही बाट हामी थाहा पाउन सक्छौ की अल्नस अर्थात उतिसको महत्व के कती छ भनेर, त्यसैले हामीले यस्ता प्रकारका हर्वहरुलाई संरक्षण गर्नुपर्छ! र यस्को महत्व र विशेषताको बारेमा जानकारी फैलाउनु अत्यावश्यक देखिन्छ! नत्र यस्ता प्रकारका मेडिसिनल हर्वहरुको बारेमा थाहा नपाई यिनीहरुको नाश हुने निश्चित देखिन्छ!

उतिस एउटा उदाहरण मात्र हो, यस्ता धेरै प्रकारका मेडिसीनल हर्वहरु हाम्रोवरपर प्रशस्त मात्रामा रहेका छन! यदी हामीले नेपालमा भ्एका यस्ता मेडिसिनल हर्वको केमिकल प्रोफाइलीङ गरी प्रशोधन गरेर निर्यात गर्न सक्यौ भने हामीले विभिन्न प्रकारका रोजगारीका अवसरहरु उत्पन्न गरी समग्र देशको अर्थतन्त्र मजबुत पार्नमा टेवा पुर्याउन सक्छौ!

 

ताजा समाचार