बुढीतोलाको लक्ष्मी माध्यामिककाे अध्यक्षमा पुन: रविन्द्र चयन

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा रहेको लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र रोका मगर चयन भएका छन् ।

मगर विद्यालयको अध्यक्षमा तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् । शुक्रबार विद्यालयमा जनप्रतिनिधि सहितको बैठकले मगरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

समितिको सदस्यहरुमा तेजबहादुर खनाल, कल्याण सिंह साउँद, गोमा खड्का, जयराज भट्टराई, मिनादेवी भट्टराई, शेरबहादुर घर्तिमगर, गोमा खड्का, जयराज भट्टराई, दिपक बोहरा र सदस्य सचिवका रुपमा विद्यलायका प्रधानाध्यापक लक्ष्मणसिंह कठायत चयन भएका हुन् ।

विद्यालयको जनप्रतिनिधिको तर्फबाट वडा सदस्य शेरबहादुर घर्तिमगर, गोमा खड्का र जयराज भट्टराई लाई नगरपालिकाले बुद्धिजिवी समाजसेवीका रुपमा नगरपालिकाले चयन गरेको हो ।

त्यस्तै गरी दिपक बोहरा शिक्षक प्रतिनिधिका रुपमा चयन भएको हुन् । यस्तै विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्षमा राजबहादुर विष्ट चयन भएका छन् । विद्यालयमा अभिभाक भेला यहि भदौ २५ गते नै सम्पन्न भएको थियो ।

 

ताजा समाचार