कैलालीमा रातभर वर्षाले नदीमा जल सतह बढ्यो

धनगढी, कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ। मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधवार बिहानसम्म पनि जारी रहेको छ।

वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ। कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले प्रायजसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए।

खासगरी कान्द्रा नदी र मोहना नदीमा खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको बोहोराले बताए। विभिन्न ठाउँमा बस्ती जलमग्न र डुबानमा परेका छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढि घर डुबानमा परेको प्रारम्भीक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

 

 

ताजा समाचार