धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै

‘पर्यावरणको संरक्षण र बालबालिकाले फल खान सकून्, रुखमा चढेर रमाउन सकून् भनेर फलफूलको बिरुवा रोप्न थालिएको हो’, उनले भने, ‘विद्यालयले फलफूल बिक्री गरेर आम्दानी गरोस् भनेर रोपिन लागेको होइन। विद्यार्थी र पर्यावरणका लागि फलफूलको बिरुवा रोप्न थालिएको हो।’ विद्यार्थीहरूले विद्यालयमा पढ्दै मौसमअनुसार पाक्ने फलफूल टिपेर खान पाउन भनेर हरेक विद्यालयमा जग्गाको क्षेत्रफलका आधारमा आँप र अम्बाको बिरुवा वितरण गरिने कार्यक्रम संयोजक केशव खत्रीले बताए।
बिरुवा हुर्काउने जिम्मा विद्यार्थीलाई
विद्यालयमा रोपेका बिरुवा हुर्काउन विद्यार्थीहरूलाई जिम्मेवारी दिने उपमहानगरपालिकाले जनाएको छ। रोपिएका बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षण गर्ने दायित्व इ–को क्लबका विद्यार्थीको जिम्मा लगाएर हरेक बिरुवाको संरक्षण गरिने भएको छ। बिरुवाको हेरचाह गर्न विद्यार्थीहरूलाई जिम्मा दिइने पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। उनले विद्यार्थीहरूलाई प्रत्येक बोटको जिम्मेवारी दिँदा बिरुवा संरक्षण हुने बताएका छन्।
बिद्यार्थीकै लागि फलफूलको विरुवा
नगर प्रमुख हमालले विद्यालयको आम्दानी बढाउन बिरुवा फल्न थालेपछि ठेक्कामा लगाउने र बिक्री नगरिने बताए। उनले विद्यार्थीले फलफूल टिपेर खान सकून् भनेर फलफूलका बिरुवा रोप्ने अभियान चलाएको बताए। यस्तै, धनगढी–१६ बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले विद्यालयमा ६५ बिरुवा आँप र १५ बिरुवा अम्बाको रोपिएको बताए।

उनले बिरुवाले फल दिन थालेपछि बालबालिकाले नै दिवा खाजाको रुपमा फलफूल खान पाउने व्यवस्था मिलाइने बताएका छन्। बिरुवा रोप्नु मात्रै ठुलो कुरा नभएर तिनको संरक्षण गर्नु महत्वपूर्ण कुरा भएको नगरप्रमुख हमालले बताए। विद्यालय तथा अन्य सार्वजनिक ठाउँमा रोपिएका बिरुवाको संरक्षण गर्न सबैले लाग्नुपर्ने हमालले बताए। उनले उपमहानगरपालिकाले बिरुवा रोप्ने मात्रै नभएर तिनको संरक्षणमा समेत ध्यान दिइरहेको बताएका छन्।

 

ताजा समाचार