मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च ५६.६० प्रतिशत, आर्थिक मामिला मन्त्रालयको खर्च ६३.१९ प्रतिशत छ ।
स्थानीय तहतर्फ विनियोजित तीन अर्ब ७८ करोड ८१ लाख ४० हजार रुपैयाँमध्ये दुई अर्ब ४२ करोड २७ लाख रुपैयाँ भुक्तानी भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत चन्द्रप्रकाश जोशीले जानकारी दिए । जुन कुल विनियोजितको ६३.९६ प्रतिशत हो ।
चालू आर्थिक वर्षको बजेट खर्च करिब ६० प्रतिशत पुग्ने अनुमान गरिएको उनले बताए । स्रोतका अनुसार केही बजेट रकमान्तर भएकाले पनि केही खर्च बढेको हो । सुदूरपश्चिममा चालू आर्थिक वर्ष सुरु भएको करिब दुई महिनापछि मात्र बजेट आएको थियो ।