मोहना नदीमा बाढीको सतह बढ्दो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अत्तरिया – कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

Attariya Hospital

जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो । मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो ।

आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मान्ने गरिन्छ

 

ताजा समाचार