चुरे गाउँपालिकाको न्यायिक समितिको आयोजनामा ‘न्यायमा पहुँच’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया, कैलालीको चुरे गाउँपालिकाको न्यायिक समितिको आयोजनामा धामी, झाँक्री, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य सरोकारवालाबीच “न्यायमा पहुँच” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व न्यायिक समिति संयोजक र गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले गर्नु भएको थियो। प्रमुख अतिथिको रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी उपस्थित थिए।

उक्त कार्यक्रमका विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक दिपक बिष्ट सहभागी थिए। यसका साथै सुरक्षाकर्मी, विभिन्न सरकारी शाखाका प्रमुखहरू, स्वयंसेविका, धामी-झाँक्री र अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन दिपेन्द्र बमले गर्नु भएको थियो, जसले सबै सहभागीलाई न्यायमा पहुँचको महत्त्व र त्यसको प्रभावका बारेमा प्रकाश पारे।यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमहरूले स्थानीय समुदायमा न्याय र स्वास्थ्यका मुद्दामा छलफल बढाउन र सबै वर्गका मानिसहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुर्याउने विश्लेषण गरिएको छ। कार्यक्रममा सहभागी सबैलाई न्यायको पहुँच र त्यसको लाभको बारेमा अझ स्पष्ट जानकारी प्राप्त भएको छ।

 

ताजा समाचार