अत्तरिया, डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाजमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु को भएको छ ।
शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना भएको हो
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको बताए ।
घटना स्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमान्डमा प्रहरी टोली खटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।