अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरको १५ औं नगरसभा तथा अधिवेशनमार्फत १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख वीरेन्द्र भट्टद्वारा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगार, सुशासन लगायतका विभिन्न क्षेत्र समेटिएका छन्।
नगरसभामा चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यहरूको समीक्षा गरिएको थियो। प्रस्तुत प्रतिवेदनअनुसार, भौतिक पूर्वाधारतर्फ १२ वटा निर्माण कार्य, स्वास्थ्यतर्फ २१ कार्यक्रम, महिला तथा बालबालिका क्षेत्रमा १८ कार्यक्रम, शिक्षा क्षेत्रमा १३ कार्यक्रम, भूमि सेवामा २ कार्य, पशु सेवा क्षेत्रमा १२ कार्य, आर्थिक विकासतर्फ १० कार्य, रोजगारमा ९ कार्यक्रम, तथा न्यायिक मेलमिलापमा ४ महत्वपूर्ण कार्य सम्पन्न गरिएको उल्लेख गरिएको छ।
नगर प्रमुख भट्टले सार्वजनिक सम्पत्ति अभिलेखीकरण प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन र नवीन संरचना विकासमा विशेष प्राथमिकता दिइएको बताए। उनले गोदावरी नगरको ऐतिहासिक, सामाजिक र पर्यटकीय सम्भावनालाई योजनाबद्ध रूपमा समेट्दै दिगो र समावेशी विकासको खाका अघि सारिएको जानकारी दिए।
नगरले २८ शीर्षक अन्तर्गतका कार्यक्रम समावेश गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, गरिबी न्यूनीकरण, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा लक्ष्य केन्द्रित विकास योजनाहरू अगाडि सारेको छ। जस्तै अरू कार्यक्रमहरू यसप्रकार रहेका छन्। कृषिमा १५ कार्यक्रम, पशु सेवा १२ कार्यक्रम,उद्योग, वाणिज्य, संस्कृति र पर्यटन ९ कार्यक्रम,सहकारी सुधार ६ कार्यक्रम, रोजगार सेवा केन्द्र ९ कार्यक्रम,शिक्षा, खेलकुद तथा युवा विकास १८ कार्यक्रम, स्वास्थ्य सेवा २२ कार्यक्रम,महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता क्षेत्र २० कार्यक्रम,पूर्वाधार विकास १२ कार्यक्रम, वन, वातावरण तथा विपद् व्यवस्थापन ९ कार्यक्रम, सुशासन तथा संस्थागत विकास ४४ कार्यक्रम रहेको पाइएको छ।
गोदावरी नगरपालिकाको बजेट संघीय, प्रदेश र स्थानीय स्रोतहरूबाट संयुक्त रूपमा तयार गरिएको आगामी आर्थिक वर्षको बजेट वित्तीय समानीकरण रु १९ करोड ८० लाख, राजस्व बाँडफाँड रु १८ करोड ५९ लाख, सम्पूरक अनुदान रु १ करोड ९३ लाख,विशेष अनुदान : रु ४ करोड ९ लाख, सशर्त अनुदान रु ४१ करोड ७२ लाख, प्रदेश अन्तर्गतको बजेट वित्तीय समानीकरण रु १ करोड ८७ लाख,राजस्व बाँडफाँड रु ५९ लाख १ हजार, सम्पूरक अनुदान रु ३० लाख,विशेष अनुदान रु ६० लाख,सशर्त अनुदान रु ३ करोड ५२ लाख त्यस्तै विज्ञ कर रु ३० लाख,वन रोयल्टी रु ६ लाख बैंक मौज्दात रु ३ करोड ५० लाख,क्रमागत योजना रु ३ करोड,म्याचिङ फण्ड रु ४ करोड रहेको पाइन्छ।
नगर कार्यपालिका अन्तर्गत रु ३३ करोड ९६ लाख १९ हजार,वडा कार्यालयहरूमा रु १२ करोड,शिक्षा, खेलकुद, युवा शाखा रु ९ करोड २ लाख ६७ हजार स्वास्थ्य शाखा रु ८७ लाख ५० हजार,कृषि विकास शाखा रु २६ लाख ५० हजार पशुपन्छी सेवा शाखा रु ३३ लाख,महिला विकास शाखा रु २८ लाख ५० हजार सहकारी शाखा रु ४ लाख,सामाजिक तथा आर्थिक विकास शाखा रु १७ लाख,न्यायिक समिति : रु ८ लाख २० हजार,मालाखेती अस्पताल रु १ करोड २० लाख,भूमि व्यवस्था एकाइ रु ६० लाख बजेट प्रस्तुत गरिएको पाइन्छ।
नगरसभा कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। सर्वदलीय सहभागितामार्फत पारित गरिएको बजेटले गोदावरी नगरको समावेशी विकास, सुशासन र सार्वजनिक सेवा सुदृढीकरणतर्फ सशक्त पाइला चाल्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख भट्टले पारदर्शी, न्यायोचित र दीर्घकालीन विकास सुनिश्चित गर्ने गरी बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै भव्य रूपमा प्रस्तुत गरिएको बजेट सर्वपक्षीय रूपमा सम्मानजनक रूपमा पेश भएर बजेट भाषण समापन भएको छ। र यस कार्यान्वयनका पक्षमा भने अबको विषयवस्तुसँग केन्द्रित भएर कार्यान्वयन र बजेटकाे खाका तयार बन्ने देखिन्छ।