धनगढी, धनगढीमा जारी मोबाइल पत्रकारिता (मोजो) तालिम समापन भएको छ । संसदीय मामिलामा रिपोटिङ्ग गर्ने पत्रकारहरुको लागि हिजोदेखि सुरु भएको क्षमता अभिवृद्धि प्रशिक्षण आज समापन भएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयको समन्वय, संसदीय मामिला पत्रकार समाज कैलालीको सहकार्य र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा तालिम भएको हो ।
विशेषत टेलिभिजन पत्रकारिता गरिरहेका पत्रकारहरुको सहभागीता रहेको तालिमको समापनमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीका कार्यकारी निर्देशक गेहेन्द्र बम, संसदीय मामिला पत्रकार समाज कैलालीका अध्यक्ष प्रकाशविक्रम शाहले धारणा राखेका थिए । तालिमको सहजीकरण शिव पुरीले गरेका थिए ।