सुदूरपश्चिमको समृद्धि यात्राका योजनाकार : नेता भट्ट

अत्तरिया, सुदूरपश्चिमको समृद्धिको सपना देख्दै त्यसलाई योजनाको रूप दिइरहेका नेता लेखराज भट्ट हाल सुदूरपश्चिमका एक दूरदर्शी नेता मानिन्छन्। सशस्त्र जनयुद्धको ऐतिहासिक यात्रा हुँदै आएका भट्ट पछिल्लो दशकमा सुदूरपश्चिमका ठूला विकास आयोजनाहरूमार्फत प्रभावशाली नेतृत्वको परिचय दिँदै आएका छन्।

कैलाली क्षेत्र नम्बर ४ बाट संघीय सांसद समेत रहेका तथा पूर्व मन्त्री भट्टको पहिचान सुदूरपश्चिम प्रदेश गौरवका योजना निर्माणसँग जोडिएको छ। उनी कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै गर्दा वा नहुँदासमेत उहाँले यी कुराहरूलाई बढी प्राथमिकता दिँदै आएका छन्। यिनै योजनामध्ये सबैभन्दा चर्चित योजना हो- शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, जुन गेटामा निर्माणाधीन छ।

२०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएपछि भट्टले सुदूरपश्चिमको कमजोर स्वास्थ्य संरचना सुधार गर्ने संकल्प लिए। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा २०६५ सालमा सुदूरपश्चिमबाट एकल मन्त्रीको हैसियतले श्रम मन्त्रालय सम्हालेका भट्टले २०६६ मा गेटामा मेडिकल कलेज स्थापना गर्ने सरकारको घोषणा गराए। यद्यपि संरचना बनाइने क्षेत्र वन भू-भागमा परेकाले कामले तीव्रता लिन सकेन। २०७४ सालपछि मात्रै भौतिक संरचना निर्माणको काम सुरु भयो। हालसम्म निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।

८ अर्ब ३४ करोड लागत अनुमान गरिएको कलेजको संरचना निर्माणमा हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ। अस्पताल, कलेज, छात्रावास, आवासलगायतका संरचनाहरू पूरा भइसकेका छन्। यद्यपि सञ्चालन मोडालिटीमा अन्योल रहेकाले केही ढिलाइ भएको हो।

पूर्व मेयर हरिसिंह साउदका अनुसार, “घना जंगलमा मेडिकल कलेजको परिकल्पना त्यो बेला धेरैलाई कल्पनाभन्दा बाहिरको कुरा लाग्थ्यो, तर आज त्यहि क्षेत्रमा भएको संरचनाले स्वास्थ्य क्रान्तिको आशा पलाएको बताए।”

भट्टले स्वास्थ्य क्षेत्रमा मात्र होइन, सुदूरपश्चिमको समग्र पूर्वाधार विकासमा पनि अनेकौं योजनाहरूको परिकल्पना र कार्यान्वयनमा भूमिका खेलेका छन्।
सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोर, दैजि-छेला औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, अत्तरिया-धनगढी औद्योगिक कोरिडोर, बैतडीको मलखानी अनुसन्धान लगायतका योजना भट्टकै कार्यकालमा अगाडि बढाइएका थिए। तीमध्ये केही योजनाहरू कार्यान्वयनको चरणमा छन् भने केही प्रारम्भिक चरणमा छन्।

सुदूरपश्चिमका अन्य नेताहरूले दशकौँसम्म गर्न नसकेको काम नेता भट्टले पछिल्लो एक दशकमा अघि बढाएका छन्। जनताले विकास देखेका छन्, स्वास्थ्य र पूर्वाधारमा क्रान्तिको अनुभूति गरेका छन्। यही कारण सुदूरपश्चिममा लेखराज भट्ट विकासको पर्यायवाची बनेका छन्।

स्वयं भट्ट भन्छन्, “डेढ दशकअघि मैले परिकल्पना गरेको योजना आज साकार बन्दै छ। जुनसुकै सरकार आए पनि गेटा मेडिकल कलेज र यस्ता योजनाहरूलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो दृढ इच्छा रहँदै आएको थियो उहाँले,भने ।”

सुदूरपश्चिम विश्वविद्यालयको विधेयक पारित भएपछि देखिएको उत्साह र विश्वास भट्टप्रतिको जनसमर्थनको प्रमाण हो। यदि सरकारले यस्ता योजनालाई निरन्तरता दिँदै कार्यान्वयनमा लग्यो भने सुदूरपश्चिमको समृद्धि अभियानले ठूलो फड्को मार्ने निश्चित छ।

नेता लेखराज भट्टका योजनाहरू अब केवल सपना रहेनन्, तिनीहरू अब साकार रुप लिँदै छन्। सुदूरपश्चिमको विकास यात्रालाई गति दिने यी योजनाहरू भट्टको दूरदृष्टि, समर्पण र दृढताका प्रतीक हुन्। सबै राजनीतिक दलले पनि भट्टको संकल्प, शालिनता र धैर्यताको सम्मान गर्दै सुदूरपश्चिमको विकासलाई साझा अभियान बनाउनु अहिलेको आवश्यकता हो।

यी आवश्यकताहरूले सुदूरको विकासलाई ठूलो मद्दत गर्ने र यी कुराहरु लागू भयो भने सुदूरका जनताहरुले जुन मेडिकल कलेज विधेयक पास हुँदा गरेको उत्साह छ र यी सबै योजनाहरू पास र पारित भयो भने सुदूरले सुदूरका नेताहरूले सोचेका सपनाहरू पूरा हुने निश्चित नै देखिन्छ। तब मात्र सुदूरका युवाहरूले र यस क्षेत्रका बेरोजगार जनताहरूले रोजगार पाउने निश्चित नै देखिन्छ।

 

ताजा समाचार