थारु समुदायद्वारा गोदावरीका नगर-प्रमुख र उप-प्रमुखलाई ज्ञापन पत्र

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं ८ को वडा भेलाको अवसरमा मझगाउँ थारु संग्रहालयले नगर प्रमुख विरेन्द्र भट्ट र उप-प्रमुख शारदा देवी राेकायालाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र मार्फत गोदावरी नगरपालिकाले थारु समुदायको भाषा, कला, संस्कृति, भेषभूषा र परम्परागत प्रणालीको संरक्षण तथा प्रवद्र्धनका लागी आवश्यक सहयोग गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा मझगाउँ स्थित थारु संग्रहालयको प्रांगणमा विगत १४ वर्षदेखि माघ महोत्सव आयोजना हुँदै आएको छ । प्रारम्भमा पूर्व श्रीपुर गाविसस्तरीय रूपमा सुरु गरिएको महोत्सव पछिल्ला ९–१० वर्षदेखि मझगाउँमा गोदावरी नगरस्तरीय रूपमा मनाइँदै आएको छ । सो महोत्सव स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको जनाइएको छ ।

थारु समुदायमा परापूर्वकालदेखि चलिआएको भल्मन्सा, सुढेनी, गुरुवा, वैदुवा जस्ता परम्परागत प्रथाहरूको संरक्षण गर्दै तिनलाई कानूनी मान्यता दिने र व्यवस्थापन गर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । माघ महोत्सवका लागि बजेट विनियोजन गर्न, थारु संग्रहालय र मझगाउँ थारु सामुदायिक होमस्टेको प्रवद्र्धनका लागि आवश्यक सहयोग पु¥याउन माग गरिएको छ ।

ज्ञापनपत्र थारु कल्याणकारिणी सभा गोदावरी नगर समिति, गोदावरी नगरस्तरीय बरघर भल्मन्सा समिति, र मझगाउँ थारु सामुदायिक होमस्टे समितिको संयुक्त पहलमा बुझाइएको थियो ।

 

ताजा समाचार