अछाम पुगेर प्रचण्डले भीम रावललाई भने ‘आउनुहोस् सहकार्य गरौं’

अछाम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न भीम रावललाई आग्रह गरेका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न आग्रह गरेका हुन् ।

attariya hospital

उनले भने, ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो । उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो। मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने । जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु ।’

 

ताजा समाचार