
उनका अनुसार गोदावरी क्षेत्रलाई व्यावसायिक पुष्प खेतीको केन्द्रको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यअनुसार कृषकहरूलाई सीपमूलक तालिम प्रदान गरिएको हो। तालिममा पुष्प उत्पादनको प्रविधि, व्यवस्थापन, बजारिकरण तथा नवप्रवर्तनमूलक व्यवसाय मोडलहरूबारे जानकारी दिइएको थियो।
समापन कार्यक्रममा नगरप्रमुखको उपस्थिति समेत रहेको थियो। उहाँले गोदावरी नगरपालिकालाई समृद्ध कृषि नगर बनाउने योजनाअन्तर्गत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो।