अत्तरिया, बाजुराको कोल्टीबाट कक्षा १२ को परीक्षा सकेर घर फर्कंदै गरेका विद्यार्थी सवार जीप हिमाली गाउँपालिका–५ स्थित सिउँडी खोलामा दुर्घटनामा परेको छ। शुक्रबार उक्त दुर्घटनामा ६ जना विद्यार्थी घाइते भएका छन्।
घाइतेहरूमा बिच्छाका सविन बोहरा, रुगीनका संगीत बुढा, बिच्छ्याकी जुनिता बुढा, बिच्छाका विवेक बुढा, फैतिको विज्ञान सार्की, र पुर्णाकी अस्मिता शाही रहेका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको र उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।