संगितकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामा बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए। उनलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँ लगिएको थियो।
सोमवार राति उनको उपचारकै क्रममा निधन भएको हो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार लामाले सुदूरपश्चिमको कला, सँगीत र संस्कृतिमा ठुलो योगदान पुगाएको बताए।