अत्तरिया, कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियाको लोटस गल्लिमा करिब ३ करोड रुपैयाँको लगानीमा अत्याधुनिक ‘बिगबुल फिटनेस, जुम्बा तथा जिम हल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
राजु भट्टराई, रञ्जित लामा, मनोज पाण्डे र दीपक भट्टको संयुक्त लगानीमा स्थापित यस जिम तथा फिटनेस सेन्टरले स्थानीय युवावर्ग र स्वास्थ्यप्रेमीहरूलाई लक्षित गर्दै सेवा सुरू गरेको हो।
वनदेवी मन्दिर गुलरियाका लोमस गिरी महाराजको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष समारोहबीच ‘बिगबुल फिटनेस’को उद्घाटन गरिएको थियो।
सञ्चालक राजु भट्टराईका अनुसार पछिल्लो समय युवामाझ लागूऔषध दुर्व्यसन, मानसिक तनाव र शारीरिक समस्या तीव्र रूपमा बढिरहेको सन्दर्भमा स्वास्थ्य सचेतनाको आवश्यकता झनै बढेकोले यस्तो जिम खोलिएको हो। “स्वस्थ जीवनशैलीको विकास र स्वास्थ्यप्रति जागरुकता फैलाउन अत्याधुनिक उपकरणसहितको जिम स्थापना गरिएको हो,” उनले बताए।
फिटनेस प्रशिक्षकसमेत रहेका सञ्चालक रञ्जित लामाले यो जिम केवल व्यवसायिक उद्देश्यका लागि नभई सामाजिक उत्तरदायित्वसहित स्वास्थ्य सचेतना फैलाउने लक्ष्यमा केन्द्रित रहेको बताए। “स्वस्थ शरीरका लागि नियमित व्यायाम अपरिहार्य छ। यहाँ आउने सबै ग्राहकलाई व्यावसायिक स्तरको सेवा दिइनेछ,” लामाले बताए।
‘बिगबुल फिटनेस’मा जिम, कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, जुम्बा, योगा लगायतका सेवाहरू प्रदान गरिनेछ। सेन्टरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उपकरणहरू प्रयोगमा ल्याइएको छ।
सेवा शुल्कका रूपमा मासिक दुई हजार रुपैयाँ निर्धारण गरिएको छ भने वैशाख महिनाभरि भर्ना हुने ग्राहकहरूलाई इन्ट्री शुल्कमा छुट दिने अफर घोषणा गरिएको छ।
सञ्चालकहरूका अनुसार अत्तरियामा यस प्रकारको सुविधा सम्पन्न जिम पहिलोपटक सञ्चालनमा आएको हो र यसले स्थानीय स्वास्थ्य संस्कृतिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
अत्तरियाको शहरी जीवनशैलीसँगै स्वास्थ्यप्रतिको चासो बढिरहेका बेला ‘बिगबुल फिटनेस’ जस्तो जिमको सुरुआतले युवाहरूलाई सकारात्मक जीवनशैलीतर्फ डोर्ने अपेक्षा गरिएको छ।