धनगढीको कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग

धनगढी, कैलालीको धनगढीस्थित कपडा बैङ्कले स्थानीय समाजसेवी र डाक्टर लक्ष्मीराज पाठकबाट ३३ थान कपडाको सहयोग गरेका छन् ।

गोदावरी नगरपालिका-६, बडेहाका निवासी पाठकले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त कपडा सहयोग गरेका हुन्। कपडा बैङ्कलाई हस्तान्तरण गरिएको कपडाले आर्थिक अभावमा रहेका तथा आवश्यकता पर्ने व्यक्तिहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कपडा बैङ्क धनगढीमा सञ्चालनमा रहेको एक परोपकारी संस्था हो, जसले आर्थिक अवस्था कमजोर रहेका व्यक्तिहरूलाई निःशुल्क कपडा वितरण गर्दै आएको छ। संस्थाले यसअघि पनि विभिन्न सहयोगी तथा दाताहरूको माध्यमबाट आवश्यक कपडाको जोहो गर्दै आएको छ।

डाक्टर पाठकले आफ्नो भनाइमा भने, “सामाजिक कार्यमा सानो प्रयास पनि ठूलो परिवर्तन ल्याउन सक्छ। मैले कपडा सहयोग गरेर समाजमा सकारात्मक प्रभाव पार्न चाहेको हुने उनले बताउनुभएको थियो।” सानो पुण्य कार्यले सबै असहाय दिन दुखीहरूका लागि महत्त्वपूर्ण हुने समेत उहाँले बताएका थिए। जुन यस संस्थाले विभिन्न दाताहरूबाट कपडा सङ्कलन गरेर जुन खालको कार्य गरेको छ यो शरणीय रहेको उहाँले बताएका थिए।

कपडा बैङ्कका प्रतिनिधिहरूले डाक्टर पाठकलाई धन्यवाद व्यक्त गर्दै अन्य दाताहरूलाई पनि सहयोगको लागि प्रेरित गर्न यो कदम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

धनगढीमा पछिल्लो समय यस्ता परोपकारी कार्यहरू बढ्दै गइरहेको अवस्थामा पाठकको योगदानले स्थानीयस्तरमा थप सहयोगको वातावरण सिर्जना गर्ने देखिएको छ।

 

ताजा समाचार