मिशन ८४ को दौड : गोदावरीमा कांग्रेसको चतुर रणनीति,एमाले अलमलमा

अत्तरिया : नेकपा एमाले मिसन चौरासीलाई लक्षित गर्दै आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको देखिन्छ। तर, पार्टीभित्रको अन्तरसंघर्षले गोदावरी क्षेत्रमा समेत उल्लेख्य प्रभाव पारेको पाइन्छ। नेताहरू भने कुनै समस्या नरहेको दाबी गर्छन्, तर भित्री तहमा विवाद र अन्तरसंघर्ष फरक ढंगले चुलिएको स्पष्ट देखिन्छ।

विशेषगरी मिसन चौरासी अन्तर्गत वडा, नगर, प्रदेश तथा संघ तहमा मजबुत उपस्थिति बनाउने लक्ष्य राखिएको भए पनि गोदावरी क्षेत्रमा एमालेको प्रभाव अपेक्षाकृत न्यून देखिन्छ। एमाले नेताहरूको सोच अहिले मुख्यतया कसरी सत्ता कब्जा गर्ने भन्ने भ्रममा अल्झिएको जस्तो देखिन्छ।

त्यसैबीच, नेपाली कांग्रेस भने भित्री रसाकसिसहित संगठनात्मक रणनीतिमा अघि बढेको देखिन्छ। कांग्रेसभित्र पनि आन्तरिक प्रतिस्पर्धा रहेको भए पनि संघसंस्थाहरूमा आफ्ना प्रभावशाली नेताहरूलाई संरक्षण गर्दै सेटल गर्ने नयाँ अभ्यास तीव्र गतिमा अगाडि बढाइएको देखिन्छ ।

विशेषगरी गोदावरी क्षेत्रका विभिन्न संघसंस्थाहरूमा आगामी ८४ का प्रबल दावेदारहरूलाई व्यवस्थापन गर्ने रणनीति कांग्रेसका केही चतुर नेताहरूले आफूलाई सुरक्षित दावेदार बनाउने महत्वपूर्ण रणनीति रूपमा यो मिसन अघि सारेका छन्। यसरी संघसंस्थामा नेताहरू सेटल गर्ने योजना कांग्रेसभित्र समग्र पार्टीको दीर्घकालीन लक्ष्यसँग जोडिएको संकेत देखिन्छ।

यो रणनीति कांग्रेसभित्र सकारात्मक सन्देशको रूपमा व्याख्या भइरहेको छ। बरु, आन्तरिक संघर्षका बाबजुद, संघसंस्था व्यवस्थापनको मोर्चामा कांग्रेस एमालेभन्दा धेरै सक्रिय र रणनीतिक रूपमा अगाडि रहेको पाइन्छ।

त्यसो त, एमालेले पनि यस्तो रणनीतिक खेल खेल्न नसकेको देखिन्छ, जसले गर्दा गोदावरी क्षेत्रमा कांग्रेसको पकड थप मजबुत बन्दै गएको आँकलन स्थानीय केही नेताहरूले गरिरहेका छन्।

 

ताजा समाचार