अत्तरिया, कैलालीको अत्तरियामा निजी विद्यालयहरूको तीव्र प्रतिस्पर्धाका बीच सत्यवती एकेडेमीले आफ्नो फरक पहिचान बनाउन सफल भएको छ। छोटो समयमा स्थापित यस विद्यालयले एसइई नगरस्तरीय कक्षा आठको बोर्ड परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याएर शैक्षिक क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
शैक्षिक सुधार, प्रशासनिक दक्षता र अभिभावकहरूसँग सशक्त संवादमार्फत सत्यवती एकेडेमीले आफ्ना गतिविधिहरूलाई निरन्तर अघि बढाइरहेको छ। यसै शैक्षिक यात्रामा विद्यालयका सञ्चालक वीरबहादुर कडायतले बहुआयामिक व्यक्तित्वको परिचय दिएका छन्। कडायत कैलाली क्याम्पसका उपप्राध्यापकसमेत रहेका छन्। उहाँले शिक्षाको ज्योति फैलाउँदै समाजलाई समेत समृद्ध बनाउने दृष्टिकोण लिएको पाइन्छ।
फरक विचार र विशिष्ट कार्यशैलीका धनी कडायत निजी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै समाजका नानीबाबुलाई समाजमुखी बनाउनुपर्ने विषयमा विशेष केन्द्रित छन्। विद्यार्थीको बहुआयामिक क्षमतालाई चिन्न र प्रवर्द्धन गर्न उहाँ सदैव लागिपरेका छन्। विद्यार्थीहरूमा आउने भविष्य दृष्टिकोणलाई पहिचान गर्दै त्यसलाई अगाडि बढाउने कार्यमा उहाँको भूमिका उल्लेखनीय रहेको छ।
सत्यवती एकेडेमी आज अत्तरियाको पहिलो रोजाइका रूपमा विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ। कडायतले निजी विद्यालयको सीमित घेराभन्दा बाहिर गएर सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई समेत शैक्षिक सामग्री वितरण गर्दै साझा समृद्धिको वातावरण सिर्जना गरेका छन्, जुन एक अभिनव अभ्यास हो।
झन्डै एक व्यक्तिले हजारौँ विद्यार्थीको भविष्य निर्माणको दायित्व बहन गर्नु र गुणस्तरीय शिक्षाको माध्यमबाट उनीहरूमा फरक प्रभाव र पहिचान सिर्जना गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। राज्यको आयस्रोतबाट सञ्चालन हुने विद्यालयहरूले यस्तो वातावरण सृजना गर्न नसकिरहेका बेला सत्यवतीले आफ्नै बलबुतामा उदाहरणीय यात्रा तय गरेको छ, जसको मूल श्रेय वीरबहादुर कडायतलाई जान्छ।
गोदावरी क्षेत्रका शैक्षिक क्षेत्रका महत्वपूर्ण खम्बाका रूपमा वीरबहादुर कडायत चिनिएका छन्। उहाँले डिजिटल युगसँग विद्यालयलाई सशक्तरूपमा जडान गर्दै विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ समृद्ध बनाइरहेका छन्। सुदूरपश्चिमका मौलिक संस्कृति, परम्परा र पुराना रीतिरिवाजलाई शैक्षिक पाठ्यक्रम र गतिविधिमा समेटेर कडायतले नयाँ अभ्यासको थालनी गरेका छन्।
खेलकुद क्षेत्रलाई पनि शिक्षा सरह महत्वपूर्ण मानेर क्रिकेट, भलिबल, फुटबलजस्ता खेलकुदमा विद्यार्थीहरूको सक्रियता बढाउने अवसर विद्यालयमा सिर्जना गरिएको छ। विद्यार्थीको रुचि र क्षमता अनुसार बहुपक्षीय विकासमा विद्यालयले ध्यान दिएको छ, जसले गर्दा सत्यवती एकेडेमी अभिभावकहरूको मनमा छुट्टै स्थान बनाउन सफल भएको छ।
“संघर्षको कथासँग अगाडि बढ्दा सफलता अवश्य मिठासपूर्ण हुन्छ” भन्ने दर्शनलाई आत्मसात गर्दै वीरबहादुर कडायतले विद्यालयलाई संघर्ष र धैर्यताको उदाहरण बनाएका छन्। उहाँ सत्यवतीलाई मात्र होइन, सम्पूर्ण विद्यालयहरूको शैक्षिक यात्रा समान रूपमा उदाहरणीय हुनुपर्नेमा जोड दिनुहुन्छ।
राज्यका शैक्षिक नीति र कदमहरूप्रति उहाँ सधैं जागरूक छन्। आवश्यक परेमा बौद्धिक बहस र सुझावमार्फत राज्यसँग संवाद गर्न पनि पछि पर्दैनन्। आफ्नो गहिरो बौद्धिक दृष्टिकोणबाट कडायत राज्यको शिक्षा क्षेत्र सुदृढ बनाउन पनि आवाज उठाउने गर्छन्।
प्रोफेसर जस्तै व्यक्तित्वका धनी वीरबहादुर कडायतको सोच र कार्यहरूले सत्यवती मात्र होइन,गोदावरी क्षेत्रको शैक्षिक परिवर्तनशील र गतिशील बनाउने दिशामा वीरबहादुर कडायतको यो यात्रा सुदूरपश्चिमको शैक्षिक सुधारका लागि एउटा महत्वपूर्ण प्रेरणास्रोत समेत बन्नेछ।