अत्तरियामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको उद्घाटनसँगै हस्तान्तरण

अत्तरिया,कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा निर्माण सम्पन्न गरिएको एकीकृत कृषि तथा पशु सेवा केन्द्रको सोमबार औपचारिक उद्घाटन सँगै हस्तान्तरण गरिएको छ।

नगरप्रमुख बिरेन्द्र भट्टले नवनिर्मित भवनको उद्घाटन गर्दै किसानहरूलाई सहज रूपमा कृषि तथा पशु सेवाहरू प्रदान गर्ने लक्ष्यले केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले भने, “यो भवनमार्फत ल्याबसहितका सेवा प्रदान गरिनेछ, जसले गोदावरी मात्र नभई आसपासका पालिकाका किसानहरूलाई समेत सहयोग पुग्नेछ।”

उक्त भवन विश्व बैंकको लागत सहयोगमा, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले कार्यान्वयन गरेको हो। आर्थिक करिडोर कार्यालय डडेल्धुराले ठेक्का प्रक्रिया मार्फत काठमाडौँस्थित सिनर्जिट बिल्डर्स प्रा.लि.सँग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरेको हो। निर्माण कार्य २०८१ साल असार मसान्तसम्म सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले, नगरपालिकामा अधिकांश जनता कृषिमा संलग्न रहेकाले नयाँ भवन निर्माणले उनीहरूको कामकारबाहीमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले गोदावरी नगरपालिका किसानहरूको हक हितमा निरन्तर क्रियाशील रहेको र किसान परिचयपत्र वितरणमा पनि अग्रस्थानमा रहेको जानकारी गराए।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख सारदा देवी रोकायाले जुन यस संस्थाले गोदावरीमा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन स्थापना गरिदियो। यसले समग्र गोदावरीका किसान लगायतलाई राहत हुने बताउनु भएको थिएन् । उहाँले अबको कृषि यन्त्र र कृषि उपकरणहरूले सहजता ल्याएको समेत बताउँदै यसलाई सदुपयोग र समग्र किसानहरूको हक हितमा सबै कर्मचारीहरुले निस्वार्थ रूपमा कर्मचारीहरूले पनि साथ दियो भने छोटो समयमै कृषकहरूले पनि मनज्ञ फाइदा लिन सक्ने यस संस्थाले सबै किसानहरुका लागि महत्वपूर्ण काम गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी थिइन्।

त्यस अवसरमा आर्थिक करिडोर कार्यालय डडेल्धुराका वरिष्ठ कृषि अधिकृत द्रोण बहादुर बुढाथोकीले १७ वटा पालिकामा आयोजना सञ्चालन भइरहेको र चालु आर्थिक वर्षमा १० वटा पालिकामा भवन निर्माण कार्य भइरहेको जानकारी दिए।

आयोजनाका निर्देशक चन्द्र प्रसाद रिजालले प्रारम्भिक अनुमानअनुसार २ करोड ८४ लाख रुपैयाँ लागत अनुमान गरिएको भए तापनि अन्ततः २ करोड ७९ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिए। उनले उक्त भवनमा कृषि तथा पशुपंक्षीका विशिष्ट सेवा प्रदान गर्ने ल्याब सुविधा समेत उपलब्ध गराइएको बताए। साथै जुन यसमा रहेका उपकरणहरूले अब किसानहरूको कृषि उत्पादन पनि वृद्धि ल्याउने कुरामा आफू विश्वस्त रहेको समेत बताइन्।

भवन सञ्चालनसँगै गोदावरी नगरपालिकाको कृषि तथा पशुपंक्षी सेवा शाखाले यही भवनबाट सेवा प्रदान गर्नेछ। साथै, मरेका पशुपंक्षीहरूलाई सुरक्षित रूपमा नष्ट गरी रोग फैलिन नदिने विशेष सुविधा समेत केन्द्रमा उपलब्ध गराइएको छ।

ठेकेदार कम्पनी सिनर्जिट बिल्डर्सका स्थानीय प्रतिनिधि ध्रुव कुँवरले कम्पनीले आर्थिक करिडोर अन्तर्गत १० वटा केन्द्र भवनहरू निर्माण सम्पन्न गरिसकेको जानकारी गराए।

 

ताजा समाचार