अत्तरिया, बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनमा विर बहादुर चोखाल अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी डण्डीराज सुवेदीलाई २८ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएका हुन्। निर्वाचन अधिकृत उजिरसिंह कुँवरका अनुसार चोखालले ७३ मत प्राप्त गरेका थिए भने सुवेदीले ४५ मतमा सीमित भए। यसै क्रममा अध्यक्ष पदका अर्का प्रत्यासी टेक बहादुर बुढाले २२ मत प्राप्त गरेका थिए।
समितिका १६ पदका लागि भएको निर्वाचनमा कुल ४५ जना उम्मेदवार मैदानमा उत्रिएका थिए। मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले सम्पन्न भएको अधिकृत कुँवरले जानकारी दिएका छन्।