डोटी,डोटीमा बुधबार बिहानै मिनि ट्रक दुर्घटना हुँदा चालक सहि तीन जनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङ बुङ्गल नगरपालिका २ दहबगर बस्ने अं. ३२/३३ वर्षको अर्जुन धामी र अन्य दुई जनाको नाम थर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ।