अत्तरीया, कैलालीकाे अत्तरीया बजारको केन्द्रमा लामो समयदेखि विद्यार्थी पोशाकको क्षेत्रमा आफ्नो विश्वसनीयता कायम राख्दै आएको न्यु राधे राधे विद्यार्थी पोशाक अहिले सम्पूर्ण विद्यालयहरूका लागि एकमुष्ट पोशाक उपलब्ध गराउने प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
पद्म अस्पताल पछाडि, कृष्ण मार्केटमा अवस्थित यस पसलले नानीबाबुका अभिभावकहरू र विद्यालय प्रशासनलाई लक्षित गर्दै सुपथ मूल्यमा गुणस्तरीय पोशाकहरू वितरण गर्दै आएको छ। “अब पोशाक सिलाउने वा किन्न कहाँ जाने भन्ने अन्योल झनझटिलो हुने छैन, एकचोटि न्यु राधे राधे विद्यार्थी पोशाकलाई सम्झनुहोस्, तपाईंका साना नानीहरूका लागि तयार पोशाक सहज रूपमा प्राप्त गर्ने,” पसल सञ्चालक राजु नाथले बताउँछन्।
अभिभावकहरूका लागि सहज सेवा र सम्पूर्ण विद्यालयका पोशाक एकै ठाउँमा पाइने सुविधा यस पसलको प्रमुख विशेषता हो। विशेष छुट योजना र समयमै सम्पूर्ण विद्यालयका पोशाक ब्याकहरू उपलब्ध गराउँदै आएको यस पसलले प्रविधि मैत्री व्यवस्थापन मार्फत सेवा प्रवाहमा समेत नवीनता ल्याएको छ।
विद्यालयको नयाँ सत्र सुरु भइसकेको र विद्यार्थीलाई आवश्यक सबै प्रकारका पोशाकहरू सहज रूपमा उपलब्ध गराउन सकिने भएकाले न्यु राधे राधे विद्यार्थी पोशाकले ग्राहकहरूको साथ र विश्वासलाई अझ मजबुत बनाउँदै अगाडि बढ्ने विश्वास लिएको सञ्चालक राजु नाथले बताएका छन्।
यदि तपाईं पनि अझैसम्म पोशाक कहाँबाट किन्नु भन्नेमा अन्योलमा हुनुहुन्छ भने, अत्तरियाको ‘राधे राधे विद्यार्थी पोशाक’ अवश्य एकचोटि भ्रमण गर्नुहोस्जस् । तपाईँका नानीबाबुहरूलाई सर्ट एण्ड सुट गुणस्तर, मूल्य र सेवाको दिने कुरामा न्यु राधे राधे विद्यार्थी पोशाक रहेको समेत उहाँले बताउनुभएको थियो।