डडेल्धुरा, डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ३, थपला गाउँमा रहेको एक दुर्लभ ऐतिहासिक ढुंगा हाल स्थानीय र बाह्य पर्यटकहरूको ध्यान केन्द्रित गरिरहेको छ। यो ढुंगामा एउटै सतहमा २२ वटा ओखल रहेका छन्, जुन ८औं शताब्दीको आसपास जाँट पणवार नामक शासकद्वारा निर्माण गरिएको मानिन्छ।
स्थानीय इतिहास अनुसार, तत्कालीन पणवार वंशको शासनकालमा धार्मिक र सांस्कृतिक प्रयोजनका लागि यी ओखलहरू बनाइएको अनुमान गरिएको छ। हाल यो स्थान स्थानीय बासिन्दा तथा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ।
पर्यटन प्रवर्द्धनमा संलग्न निकायहरूले यस ढुंगालाई विशेष प्राथमिकतामा राख्दै संरक्षण तथा प्रचारप्रसारमा जोड दिँदै आएका छन्। यद्यपि, अझैसम्म यसको दिगो संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणको कामले तीव्रता नपाउँदा स्थानीयवासीहरू चिन्तित देखिन्छन्।
पुरातत्त्वविद्हरूको भनाइमा यस्ता ऐतिहासिक संरचनाहरू विगतका सभ्यता र संस्कृतिको प्रत्यक्ष प्रमाण हुन्। परशुराम क्षेत्रका अन्य भागहरूमा पनि यस्ता थुप्रै ढुंगाका संरचना र स्तम्भहरू पाइनु यस क्षेत्रको ऐतिहासिक समृद्धिको संकेत हो।
स्थानीय नेताहरू र सरोकारवाला निकायले थपला गाउँलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेमा यसले सम्पूर्ण क्षेत्रको आर्थिक तथा सामाजिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
“यो हाम्रो गोरवको विषय हो। तर संरक्षण र पूर्वाधार विकासमा ढिलाइ हुँदा हामी चिन्तित भएका छौं,” एक स्थानीय बासिन्दाले भने, “यदि राज्यले तत्काल ध्यान दियो भने यो क्षेत्र पर्यटनको मुख्य केन्द्र बन्ने स्थानीयवासीहरूले विश्वास राखेका छन्। राख्छ।”