चुरे गाउँपालिका अध्यक्षको फेसबुक ह्याक! मेसेन्जरमार्फत आउने प्रलोभनबाट सचेत रहन अपिल

अत्तरिया, कैलालीकाे चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोकटीको फेसबुक अकाउन्ट ह्याक भएको छ। ह्याकपछि उक्त अकाउन्टबाट विभिन्न व्यक्तिहरूलाई आर्थिक प्रलोभन देखाइ विविध स्किमहरूमा जोडिन अपिल गर्दै भ्रम सिर्जना गर्ने गतिविधि भइरहेको पाइएको छ।

अध्यक्ष बोकटीका छोरा कुबेर बोकटीले सामाजिक सञ्जालमार्फत बुबाको फेसबुकमा जोडिएका सबैलाई सचेत रहन आग्रह गर्दै फेसबुक अकाउन्टमा रिभ्यु हुन अपिल गरेका छन्। ह्याक भएको अकाउन्टबाट मेसेन्जरमार्फत भ्रामक स्किपहरू पठाइँदै आएकाले त्यस्ता सन्देशप्रति सावधानी अपनाउन उनले अनुरोध गरेका छन्।

हाल अध्यक्ष बोकटी उपचारका लागि भारतमा रहेका छन्। पछिल्लो समय फेसबुक ह्याकका घटना बढ्दै गएको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू समाजमा सक्रिय भइरहेको समेघ देखिन्छ।

 

 

ताजा समाचार