उनले काठमाडौंको तीनकुनेमा आतंक मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको बताए । महासचिव पोखरेलले दुर्गा प्रसाईँप्रति इंकित गर्दै यस्तो बताएका हुन् । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले जनकमान्डर बनाएका, समाजमा आतंक सिर्जना गर्न, उत्पात मच्चाउन र लुटपाट गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजतलास गरेर ल्याएको छ,’ उनले भने, ‘ती योजनाकारलाई आज हतकडी लगाएर कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भएको छ।’
महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताए । ‘आज हाम्रो समाजलाई अराजकतातर्फ धकेल्ने प्रयत्न भएको छ,’ उनले भने, ‘अराजक गतिविधिले समाजलाई पछाडि धकेल्दै छ । त्यस अर्थमा हामीले खबरदारी गर्न आवश्यक छ ।’ उनले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए । ‘पञ्चायतको समयमा धनगढी र गरिबको खाडले २३ गुणा बढी थियो । अहिले ८ गुणामा झरेको छ,’ उनले भने, ‘समानतातर्फको यात्रा यो समाजमा अगाडि बढेको छ ।’