अत्तरियाको दुर्गा मन्दिर परिसरमा शव फेला,अनुसन्धान जारी

अत्तरिया,कैलालीको अत्तरिया पूर्व रोडस्थित मालाखेती प्रहरी कार्यालय नजिकै रहेको दुर्गा मन्दिर परिसरमा मृत्यु अवस्थामा सव फेला परेको छ। बिहान स्थानीयहरूले दुर्गा मन्दिरको परिसरमै शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

इलाका प्रहरी कार्यालय अत्तरियाबाट डिएसपी गंगा बहादुर  थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट समेत थप प्रहरी टोली घटनास्थलमा खटाइएको छ। अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

शव पुरुषको हो भन्ने कुरा पुष्टि भइसकेको छ भने अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ।

प्रहरीले घटना शंकास्पद भएकाले सबै कोणबाट अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिएको छ। शवको पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको छ।

 

ताजा समाचार