हरेन्द्र नाथ अध्यक्षमा निर्वाचित

अत्तरिया, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट हरेन्द्र नाथ अध्यक्षमा निर्वाचित भएका छन्।

कमिटीको उपाध्यक्षमा कलावती ताम्राकार र निरज जोशी, सचिवमा दीपिका जोशी, कोषाध्यक्षमा सृजना नाथ योगी चयन भएका छन्। त्यस्तै, सह–सचिवमा रोशनी सिंह, पार्वती बिक, धिरज बोगटी, लक्ष्मी वली, संगठन प्रमुखमा प्रविन मिजार, महिला प्रमुखमा भागरथी खड्का चयन भएका छन्। नयाँ कमिटी २९ सदस्यीय रहेको छ।

कार्यक्रम छपेन्द्र नाथ योगीको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि संगठनका स्थायी कमिटी सदस्य तथा सुप विश्वविद्यालय राष्ट्रिय कमिटी इन्चार्ज रोहित बम थिए। विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य तथा संगठन विभाग उपप्रमुख किशोर शाह उपस्थित थिए। अन्य अतिथिहरूमा केन्द्रीय सदस्य यमराज जोशी, प्रदेश उपाध्यक्ष रोहित बोगटी, सुप बि.वि. राष्ट्रिय कमिटी संयोजक गणेश नाथ योगी, जिल्ला अध्यक्ष कुबेर खड्का, जिल्ला उपाध्यक्ष पुष्पराज सुवेदी, प्रेस चौतारी नेपालका जिल्ला सह–सचिव ध्रुव ओझा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कल्पना ओझा, जिल्ला सचिव उत्तम महरा लगायतको उपस्थिति रहेको थियो।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरेन्द्र नाथले सञ्चालन गरेका थिए।

 

ताजा समाचार