अत्तरिया, कैलालीकाे अत्तरिया बजारमा अवस्थित नवदुर्गा सुनचाँदी पसल पछिल्लो समय ग्राहकहरूको पहिलो रोजाइको केन्द्र बनेको छ। सन् २०५७ सालदेखि सञ्चालनमा रहेको यो पसलले गुणस्तरीय सेवा, ग्राहक अनुकूलका आकर्षक गरगहना, र विभिन्न स्किमहरूसहित विश्वास जित्दै आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै आएको छ।
पसलका सञ्चालक दीपक पौडेल लगभग २२ वर्षदेखि निरन्तर यो व्यवसायमा क्रियाशील छन्। उनले ग्राहकहरूको आवश्यकताअनुसार विभिन्न डिजाइनका सुनचाँदीका गहना निर्माण गर्दै आएका छन्। व्यवसायलाई सफल बनाउन मिलनसार स्वभाव, ग्राहकहरूसँग आत्मीय सम्बन्ध, तथा उचित परामर्श दिने परिपाटीलाई उनले निरन्तरता दिएका छन्। “ग्राहक नै भगवान हुन्, त्यसैले उनीहरूको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो,” पौडेल भन्छन्।
व्यवसाय मात्र नभई पौडेल सामाजिक उत्तरदायित्वका कार्यहरूमा पनि सक्रिय छन्। विभिन्न संघसंस्था तथा सामाजिक कार्यहरूमा आबद्ध भई उनले समुदायलाई सहयोग गर्दै आएका छन्। व्यवसाय अघि बढाउनु अघि उनले घटेश्वरी माध्यमिक विद्यालयमा शिक्षक को रूपमा समेत आफ्नो सेवा प्रदान गरिसकेका थिए।
“व्यवसायले मात्र होइन, सामाजिक सद्भाव र सेवाले पनि व्यक्तिको पहिचान बनाउँछ,” पौडेल भन्छन्। उनी विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध छन् र स्थानीय स्तरमा हुने विभिन्न सहयोगका कार्यहरूमा संलग्न छन् ।
अहिले पौडेलले धनगढी रोडमा आफ्नो व्यवसायलाई विस्तार गर्दै सेवा प्रदान गरिरहेका छन्। सुनचाँदी व्यवसायको क्षेत्र फराकिलो बनाउँदै उनले पाँचजनालाई रोजगारी समेत दिएका छन्। “हाम्रो लक्ष्य गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई बलियो बनाउने हो,” उनी भन्छन्।
उनको इमानदारी, परिश्रम, र व्यवसायिक दक्षताका कारण अत्तरिया क्षेत्रका ग्राहकहरूले उनलाई अत्यधिक रुचाउने गरेका छन्। नवदुर्गा सुनचाँदी पसलले उच्च गुणस्तरका गरगहना उपलब्ध गराउनुका साथै नयाँ-नयाँ डिजाइनमा ग्राहकहरूको मागअनुसार गरगहना तयार गर्ने सुविधा दिँदै आएको छ।
दीपक पौडेलको नेतृत्वमा नवदुर्गा सुनचाँदी पसल ग्राहकहरूको मन जित्न सफल मात्र नभई अत्तरिया क्षेत्रकै एक सफल व्यवसायको उदाहरण बन्न पुगेको छ।