अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकामा एउटा परिचित नाम हो शर्मानन्द भट्ट। सरल स्वभाव, स्पष्ट दृष्टिकोण र समाजसेवामा समर्पित सोच भएका भट्ट हाल नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका छन्। युवाहरूलाई संगठित गर्दै सामाजिक कार्यमा सक्रिय रहँदै आएका भट्ट अहिले नगर राजनीति र नेतृत्व क्षमताका कारण चर्चामा छन्।
शर्मानन्द भट्ट निबर्तमान गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता रहिसकेका छन्। आफ्नो कार्यकालमा उनले विकास निर्माणका योजनाहरू प्रभावकारी रूपमा अघि बढाए, स्थानीय नागरिकहरूसँग निरन्तर समन्वय गर्दै वडालाई समृद्ध बनाउने दिशामा उल्लेखनीय भूमिका खेले। उनको पारदर्शी प्रशासनिक शैली र समावेशी सोचका कारण स्थानीयबासीहरू उनीप्रति सकारात्मक छन्।
युवाहरूलाई समाजसेवामा प्रेरित गर्न उनले न्यु सृजनशील युवा क्लब, अत्तरिया स्थापना गर्ने मध्यका एक महत्वपूर्ण व्यक्ति समेत हुन्।यस क्लबमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद प्रवर्द्धन तथा विपन्न वर्गका लागि विभिन्न सहयोग अभियान सञ्चालन गर्दै आएका छन्। विशेष गरी युवाहरूलाई नेतृत्व विकास र सामाजिक सेवामा लाग्न उत्प्रेरित गर्ने कार्यमा उनले महत्वपूर्ण योगदान पुर्याएका छन्।
गोदावरी नगरका युवाहरूबीच शर्मानन्द भट्ट निकै लोकप्रिय छन्। समाजका हरेक तहमा उपस्थित रहँदै युवाहरूको भावना बुझ्ने, समन्वय गर्ने र सहकार्यलाई प्रवर्द्धन गर्ने उनको विशेषता हो। हालै उनले नगरका पर्यटकीय क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सिवाईसी लिग’ को आयोजना गरिरहेका छन्। यस लिगले प्रत्येक पार्टीका युवाहरूलाई एकताबद्ध गर्दै आपसी सद्भाव र सहकार्यको सन्देश दिएको छ।
उनी नगरको विकास र युवाहरूको सशक्तीकरणलाई मूल लक्ष्य बनाउँदै अघि बढिरहेका छन्। सामाजिक कार्यमा समर्पित उनको सक्रियताले उनलाई गोदावरी नगरका उदयीमान युवा नेताका रूपमा स्थापित गराएको छ।
नेकपा एमालेको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका भट्ट अब आगामी निर्वाचनका लागि गोदावरी नगरपालिकाको मेयर पदका सम्भावित उम्मेदवार का रूपमा प्रस्तुत भइरहेका छन्। स्थानीयस्तरमा उनको प्रभाव र लोकप्रियता उच्च छ, जसका कारण धेरैजनाले उनलाई नेतृत्वमा आउनुपर्ने माग गरिरहेका छन्।
गोदावरी नगरपालिकाका १२ वडाका जनताको मिश्रित प्रतिक्रिया रहेको पाइए पनि अधिकांश नागरिक उनको सरल स्वभाव, कर्मठता र समाजसेवाप्रतिको समर्पण लाई उच्च मूल्यांकन गर्छन्। उनले आगामी निर्वाचनमा नगर प्रमुखको रूपमा उम्मेदवारी दिने सम्भावना बलियो देखिन्छ।
शर्मानन्द भट्टको इमानदारिता, समाजप्रति उनको योगदान र युवाहरूसँगको उनको निकटताले उनलाई भविष्यमा गोदावरी नगरपालिकाको नेतृत्व गर्ने सम्भावित नेता को रूपमा स्थापित गराएको छ। समाजका लागि निरन्तर क्रियाशील, पारदर्शी नेतृत्वदायी क्षमता भएका भट्टले आगामी दिनमा पनि समाज र युवाका पक्षमा योगदान दिइरहने अपेक्षा गरिन्छ।
उनको सरलता, नेतृत्व क्षमता र समाजसेवामा समर्पणले उनलाई केवल एक राजनीतिक व्यक्तित्वमात्रै होइन, नेकपा एमालेभित्रको गुटबन्दीको राजनीति भन्दा माथि उठेर सिङ्गो पार्टीको नेतृत्वलाई हाक्ने प्राणसहित राजनीति यात्रामा लागेका भट्ट युवा पुस्ताका प्रेरणाका स्रोतका रूपमा स्थापित गराएको छ। आगामी समय उनको राजनीतिक यात्रा कस्तो रहन्छ, त्यो भने अब आउने निर्वाचनले नै निर्णय गर्नेछ।