युवा नेता अमर पाठकको राजनीतिक यात्रा र वर्तमान नेतृत्वको अवस्थाप्रति असन्तुष्टि

अत्तरिया,नेकपा एमालेको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा प्रभावशाली नेता अमर पाठक हाल गोदावरी नगरपालिकाको वडा नम्बर ७ मा लामो समयदेखि सक्रिय राजनीतिमा रहेका छन्। आफ्नो बौद्धिक क्षमताले समाजसेवामा समेत योगदान दिँदै आएका पाठक एमालेको युवा नेतृत्व पंक्तिमा चर्चित नाम हुन्।

पाठकले गोदावरी नगर कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए, तर झिनो मतान्तरका कारण पराजित भए। यसअघि विद्यार्थी राजनीति हुँदै पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका उनले एमालेको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि, हाल उनलाई कुनै जिम्मेवारी नदिइएको प्रति उनले गुनासो गरेका छन्।

एमालेले हालै सुरु गरेको ग्रासरुट अभियानलाई उनले सकारात्मक रुपमा लिएका छन्। तर, यो अभियान कार्यकर्तालाई संरक्षण गर्नु भन्दा बाहिरबाट नयाँ अनुहार ल्याएर जिम्मेवारी दिने प्रवृत्तितर्फ उन्मुख भएको उनको ठहर छ। पार्टीभित्र व्यक्तिवाद हावी भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनका अनुसार, “पार्टीले नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिएर अघि बढाउनुपर्छ, तर अहिले आफू लगायत धेरै नेता कार्यकर्ताहरू भूमिकाविहीन भएको महसुस गरिरहेको छु।” पार्टीले तीन महिने जरा केन्द्रीय अभियान थालनी गरेको छ। तर तमाम नेता कार्यकर्ताहरू जिम्मेवारी विहिन हुँदा कसरी जरा केन्द्रित अभियान सफल हुन्छ यो विषयमा आफू गम्भीर रहेको बताउनुभएको थियो।

उहाँ २०७९ सालको आम निर्वाचनमा उनले अध्यक्ष पदको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए। तर, पार्टीका केही नेताहरूले उनलाई टिकट नदिई अन्य व्यक्तिलाई सुम्पिएको उनले बताएका छन्। यद्यपि, उनले एमाले पार्टीप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको र पार्टीको शुभचिन्तकका रूपमा निरन्तर लागिरहने उल्लेख गरे।

पाठकले पार्टीभित्र निष्पक्ष नेतृत्व चयन र कार्यकर्ताको उचित व्यवस्थापन आवश्यक रहेको बताउँदै, पार्टीभित्र देखिएको बेथितिको अन्त्य हुनु पर्ने धारणा राखेका छन्। उनले निष्क्रिय बनेका कार्यकर्ताहरूलाई पुनः सकृय बनाउनुपर्नेमा जोड समेत दिएका छन्।

 

ताजा समाचार