अत्तरिया, कैलालीको गोदावरी क्षेत्रमा नयाँ अत्याधुनिक निजी स:मिल “न्यु सबिता स:मिल” सञ्चालनमा आएको छ। यस स:मिलको स्थापना नेकपा एमालेका प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले गरेका हुन्। शुक्रबार विधिवत् पूजापछि व्यवसायिक रूपमा सञ्चालन सुरु गरिएको स:मिलले काष्ठ चिरान, खरिद-बिक्रीमा उच्च गुणस्तरको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
यो स:मिलमा नेपालमै पहिलो पटक प्रयोग भएका अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ, जसले कार्यलाई तीव्र, सहज र दक्ष बनाउने क्षमता राख्छ। अत्तरिया–धनगढी मुख्य सडकखण्डमा अवस्थित यस स:मिलको उद्देश्य स्थानीय स्रोत-साधनको प्रभावकारी उपयोग गर्दै क्षेत्रीय काष्ठ व्यवसायलाई प्रवर्द्धन गर्नु र रोजगारीको अवसर सिर्जना गर्नु हो।
संचालक भट्टले व्यवसायिक काष्ठ क्षेत्रमा आफ्नो लामो अनुभवका आधारमा यस उद्योगलाई गुणस्तरीय सेवाका लागि समर्पित गरिने विश्वास व्यक्त गरेका छन्। यससँगै, कैलाली र वरपरका क्षेत्रमा काष्ठ उद्योगले थप गति लिने र आर्थिक गतिविधि वृद्धि हुने अपेक्षा गरिएको छ।