कुशल प्रशासक र खरो वक्ताका रुपमा स्थापित : वडाध्यक्ष साउद

अत्तरिया,कृष्णपुर नगरस्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता वडा नं. २ वाणीस्थित सरस्वती माध्यमिक विद्यालय खेलमैदानमा भव्य रूपमा सम्पन्न भएको छ। यस प्रतियोगिताको सफल आयोजनामा वडा नं. २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउदको नेतृत्व र कुशल प्रशासनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रतियोगिताको समापन अवसरमा अध्यक्ष साउदले वडा नं. १ र २ का अभिभावकहरूको सक्रिय सहभागिताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा आभार व्यक्त गरे। यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सक्यौं, जसका लागि अभिभावक, विद्यालय, र अन्य सरोकारवालाको भूमिकालाई धन्यवाद दिन चाहन्छु।”

उनले आगामी दिनमा नगरस्तरीय मात्र होइन, यस्तो खालको उपस्थितिले अझ महत्त्वपूर्ण र ठूला खेलकुद कार्यक्रमहरू आयोजना गर्न सक्ने बताउँदै यस प्रतियोगिताले नयाँ उत्साह र सन्देश दिएको उल्लेख समेत गर्नुभयो।

उनले भने, “यो प्रतियोगिताले हाम्रो क्षमताको प्रमाण दिएको छ। वडा र विद्यालयको सहकार्यले खेलकुदको माध्यमबाट समुदायलाई एकताबद्ध गर्न सफल भयौं। आगामी दिनमा पनि यसैगरी महत्वपूर्ण खेलकुद कार्यक्रमहरू आयोजना गर्न प्रतिबद्ध छौं।”

अध्यक्ष साउद कुशल प्रशासकका रूपमा मात्र होइन, खरो वक्ताका रूपमा पनि परिचित छन्। उनको नेतृत्वमा वडा नं. २ ले शिक्षा, खेलकुद, र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। यस प्रतियोगिताले वडा नं. २ मा खेलकुदको विकास र विद्यार्थीहरूमा आत्मविश्वास बढाउन ठूलो योगदान गरेको छ।

प्रतियोगितामा अर्जुन साउदको भूमिका र अभिभावकहरूको सक्रियता उदाहरणीय रहेको बताइएको छ। यसले नगरस्तरीय खेलकुद आयोजनामा सहकार्य र समर्पणको महत्त्वलाई पुनः उजागर गरेको छ।

 

 

ताजा समाचार