चुरे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अत्तरिया,कैलालीको चुरे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चुरे–६ बयलामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयकाे खेलमैदानमा सुरु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर महराको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा अध्यक्ष बोगटीले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै खेलकुदका माध्यमबाट विद्यार्थीको समग्र विकास गर्नुपर्ने बताउनुभयो। उहाँले खेलाडीहरूको प्रोत्साहनका लागि खेलमैदान निर्माण, खेल सामग्रीको वितरण तथा विद्यालय स्तरमै खेलकुदलाई उच्चस्तरमा पुर्याउन चुरे गाउँपालिका प्रतिवद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो। पालिका स्तरकै नमुना रंगशालाको निर्माणको तयारी समेत भइरहेको जानकारी समेत दिनुभएको थियो ।

विशिष्ट अतिथिका रुपमा चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापा, वडा अध्यक्षहरू रहेका थिए। राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा सामुदायिक वनका प्रतिनिधिहरू पनि उपस्थित थिए।

प्रतियोगितामा सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। यो प्रतियोगितामा विभिन्न छ विधाका खेलहरू समावेश हुनेछन्। यो प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने छन । राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताबाट छनौट भएका खेलाडीहरू जिल्लास्तरको खेलकुदहरूमा सहभागिता हुने छन् ।

प्रतियोगिताको आयोजना विद्यालयको खेलकुद विकासमा मात्र सीमित नभई विद्यार्थीहरूमा खेल भावना, शारीरिक तन्दुरुस्ती र अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।

 

 

ताजा समाचार