नेकपा एमाले चुरे गाउँ कमिटीको मजबुत उपस्थिति: गुटबन्दी अन्त्य र सुदृढीकरण अभियान जारी

अत्तरिया,चुरे गाउँपालिकामा नेकपा एमालेको संगठनात्मक मजबुती र निरन्तरता देखिएको छ। चुरे गाउँपालिका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य चक्र बहादुर बोगटीले पार्टीको नीति र कार्यशैलीप्रति पूर्ण समर्थन जनाउँदै चुरेभरि संगठन विस्तार अभियानलाई तीव्रता दिइरहेको जानकारी दिएका छन्।

बोगटीका अनुसार, “पार्टीभित्र गुट उपगुटको प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। नेताकार्यकर्ताको उचित मूल्याङ्कन नभएमा निराशा उत्पन्न हुन्छ, र यो कुरा नेतृत्वपंक्तिले गम्भीरतापूर्वक लिनुपर्छ।” अध्यक्ष बोकटी भने।

डाक्टर भीम रावललाई पार्टीबाट निष्कासन र कारबाहीको विषयमा प्रतिक्रिया दिँदै बोगटीले भने, “उहाँले पार्टीको नीति, नियम र कार्यशैलीमाथि लगातार असन्तोष प्रकट गर्दै आएकोले यो निर्णय स्वाभाविक हो। पार्टीभित्र सकारात्मक योगदानको अभावका कारण यस्तो अवस्था आएको समेत उहाँले बताउनुभयो।”

चुरे गाउँ कमिटीले हालसम्म ४० वटा टोल कमिटी, ६ वटा वडा कमिटी, ८४ जनाको गाउँ कमिटी र ८४ जनाको गाउँ सल्लाहकार कमिटी गठन गरेको छ। करिब १२०० सक्रिय कार्यकर्ताहरूलाई समेट्दै संगठनलाई अझ सुदृढ बनाइएको छ।

कमिटीले सम्पूर्ण कार्यकर्ताहरूलाई नियमित जानकारी दिने र उनीहरूको सक्रियतालाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्य योजना अघि बढाएको छ। बोगटीका अनुसार, संगठनलाई स्थानीयस्तरमा अझ बलियो बनाउन यो अभियान निरन्तर जारी रहनेछ।

यो पहलले चुरे क्षेत्रका नागरिकहरूको विश्वास जित्न र पार्टीको उपस्थिति थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

 

 

ताजा समाचार