अत्तरिया, कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशी राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छन् ।
५३ वटा साना सहरी खानेपानी संस्थान मध्ये उनी सदस्यमा निर्विरोध चयन हुनुभएको हो। उनी गोदावरी क्षेत्रकै प्रभावशाली व्यक्तिका रूपमा चिर परिचित रहेका छन्।
उनी गोदावरी क्षेत्रका उपभोक्ताहरूले शुद्ध सफा खानेपानी पिउन भने उद्देश्यका साथ अत्तरिया खानेपानीकाे स्तर उन्नति के कसरी गर्न सकिन्छ भन्ने कुरामा समेत चिन्ता गदै आएका छन् । अहिलेसम्म उनीले झण्डै ६ हजार घरधुरीलाई शुद्ध खानेपानी पुर्याउने हेतुसमेत राखेका छन्।