अत्तरिया,कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा कक्षा ६-८ मा पढ्ने जेहेन्दार, अनुशासित एवम गरिवीको रेखामुनी रहेका विद्यार्थीलाई प्रोत्साहनका लागि ५० हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
नेपालगन्ज पुर्खौली घर भई हाल दुर्गालक्ष्मी स्कुलको क्यान्टिन चलाउदै गरेका मनिष चर्तीमगरले आफ्नै नाममा ‘मनिष शैक्षिक अक्षय’ कोष स्थापना गरेका हुन् ।
बिद्यालयमै बिद्यार्थीहरुले क्यान्टिनमा खाजा खाएको पैसाबाट केही थाेरै रकम बिद्यालयमा अक्षयकोष उहाँले स्थापना गरेका हुन् । कोषमार्फत प्राप्त हुने ब्याजले बिद्यार्थीलाई हौसाला होस भन्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरेको उहाँले जानकारी दिएका छन।
मनिष चर्तीमगर बिगतका दिनमा पुर्व शिक्षकसँगै गायक पनि हुन् । भने उनको अत्तरियामा एसएम रेकर्डिङ स्टुडियो समेत रहेको छ।