आइतबार गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए ।
विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको देउवाले बताए । ‘हाम्रा साथीहरुलाई मुद्धा चलाइकै हो, हामीले होहल्ला गरेनौं’, उनले भने । लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह नभएको देउवाले बताए ।
सहकारी ठगीमा दोषी ठहर भए मात्र लामिछानेलाई कारबाही हुने भन्दै उनले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह गरे । देउवाले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाउन खोजिएको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरे ।
गृह जिल्ला डडेल्धुरामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आइतबार बिहान सुदूरपश्चिम आएका हुन् । आइतबार धनगढीमै बस्ने देउवा सोमबार डडेल्धुरा जानेछन्।