धनगढी,नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार धनगढी आइपुगेका हुन्। कार्यकर्ता भेटघाटसँगै पत्रकारहरूसँग संवाद गर्दै अहिलेकाे् गठबन्धनको सरकार चौरासीसम्म टिक्ने उहाँको भनाई थियो।
रविलाई पूर्वाग्रही भयो भन्ने प्रश्न्नमा उहाँले कुनै किसिमको षड्यन्त्र जालझेल नभएको तर्क दिए । यो अदालतीय प्रक्रिया भएकोले अदालतले नै छानबिन गर्ने उहाँको भनाइ छ।
कैलालीमा भेटघाटपछि उनी एक हप्ताका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने जिल्ला सभापति भीमबहादुर साउदले बताए। डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाट कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सहभागी हुने कार्यक्रम तय भएको छ।
देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने छन्। कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ।
त्यसैगरी कार्तिक २८ पालिकास्तरीय भेटघाट, कार्तिक २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका–१ रुवाखोला जाने कार्यक्रम तय भएको छ। यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुने समेत उहाँले बताए ।