गोदावरी -३ को मालाखेतीमा स्मार्ट सडक बत्ती संचालनमा

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा न. ३ को चौकीडाँडा सडकखण्डमा सडकबत्ती बले सँगै झिलिमिली बनेको छ । एसियाली विकास बैङ्कको सहयोग तथा शहरी विकास कार्यालय धनगढीको सहकार्यमा करिब ४० वटा सडक बत्ती संचालनमा आएका छन ।

यस बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताएका छन ।

गोदावरी नगरपालिकाको महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर गर्दै आगामी दिनमा मालाखेती चोक, चौकीडाँडा, बसपार्क, लालपुरचोक लगायर ठाउँमा हाइमास्ट लाइट जडान भै सकेको  जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

 

गोदावरी नगरपालिकाले मानविय आवश्यकतालाई मध्यनजर गर्दै क्रमिक रुपमा विद्युतिय क्रियाकलाप गरेको छ ।   अत्तरिया धनगढी ६ लेन सडक खण्डमा किन बत्ती बिस्तारमा ढिलाई भयो भन्ने प्रश्नमा नगर प्रमुख भट्टले भने,” हामीले टेन्डर पहिले नै गरीसकेका छौ, प्रक्रियागत रुपमा ढिलो मात्र भएको हो, पालिकाले समय समयमा घचघच्याई रहेको समेत बताएका छन” ।

 

ताजा समाचार