‘यसपालीको दशै तिहारमा सुदुरपश्चिम कै खाने, सुदुरपश्चिम कै लाउने’ भन्ने अभियानका साथ बजार मेला लाग्ने

अत्तरिया, कैलालीको अत्तरियामा ‘यसपाली को दशै तिहारमा सुदुरपश्चिम कै खाने, सुदुरपश्चिम कै लाउने’ भन्ने अभियानका साथ बजार मेला लाग्ने भएको छ ।

नेपाल चेम्बर अफ कमर्श सुदुरपश्चिम प्रदेश , कैलाली चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियान को आयोजनामा सुदुरपश्चिम प्रदेशका उत्पादन बस्तुहरु को  बिक्री  बितरण, प्रबर्द्धन  र प्रदर्शनी  वजार लाग्ने भएको हो ।

आयोजक ले शनिबार आज पत्रकार सम्मेलन को आयोजना गर्दै उक्त कुराको जानकारी दिएको हो । चेम्बर अफ कमर्श सुदुरपश्चिम प्रदेशका अध्यक्ष बिनोद मल्लले प्रदर्शनी असोज २२ गते देखि एक महिना  सम्म हुने बताए ।

प्रदर्शनीमा झन्डै १२ बढी  बिशुद्द यहाँको स्थानीय उत्पादन प्रबर्द्धन को लागि स्टलहरु रहने उनले बताए । कैलाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रमोद अधिकारीले अहिले ब्यबसायीहरु मारमा परेको बेला जातततै निरासा मात्रै छाएको बताउँदै स्थानीय उत्पादन को बजारलाई प्रबर्द्धन गर्न प्रदर्शनी गर्न लागेको बताए ।

प्रदर्शनी अबधिभर स्थानीय तहको उत्पादन को बारेमा बहस समेत गरिने आयोजक ले बताएको छ । प्रदर्शनीमा सहभागीता जनाउन सबै जिल्लाका स्थानीय उत्पादन गर्ने उधमीहरु संग आयोजकले समन्वय गरिरहेको मल्लले बताए । आयोजकले यहाँका ८८ वटा स्थानीय तहलाई पनि प्रदर्शनीमा सहभागीता जनाउन आग्रह गरेको छ । प्रदर्शनी अत्तरिया चोकको पश्चिम तर्फ रहेको  खुल्ला ठाउँमा हुनेछ ।

 

ताजा समाचार