“के हो कोलेस्ट्रोल लेवल बढनु भनेको??कोलेस्ट्रोलको फाइदा के हो??”

“के हो कोलेस्ट्रोल लेवल बढनु भनेको??कोलेस्ट्रोलको फाइदा के हो??”

हाम्रो शरीरको वृद्धि र विकासको लागी आवश्यक पर्ने धेरै तत्त्वहरू मध्य चिल्लो पदार्थ अर्थात् लिपीड पनि एक हो ! हामीले विशेष गरेर शरीर लाइ चाहीने शक्ति कारवोहाईड्रेट बाट प्राप्त गरिरहेका हुन्छौ! तर सधैँ हाम्रो शरीरमा शक्ति बाहिरी स्रोत बाट नआउन पनि सक्छ ! यस्तो अवस्थामा पनि हाम्रो शरीरले शक्ति पाइनै रहेको हुन्छ !  कुनै पनि व्यक्ति व्रत बस्दा शक्ति कहाँ बाट आउँछ? कसरी त्यस्तो अवस्थामा हाम्रो शरीरका विभिन्न कोषहरूले शरीर सञ्चालनका लागी शक्ति पाइरहेका हुन्छन् ? यी यावत कुराहरू बुझ्नको लागी शरीरको संरचना र संरचना बनाउनको लागी बायोमोलेकुलसहरुले खेलेको भूमिका बुझ्न आवश्यक छ! र शरीर भित्र हुने गरेका बायोकेमीकल रियाक्सनहरू बुझ्न पनि आवश्यक छ । हामीले खाएको खाना शक्तिको विशिष्ट संरचनामा रहेको हुन्छ!

जसलाई हाम्रो शरीरले सजिलै सित पाचन क्रियामा भाग लिन दिँदैन ! तर त्यो शक्तिको विशिष्ट संरचनालाई विभिन्न इन्जाइमहरूले टुक्रा पारी सिम्पल संरचनामा परिणत गर्छ ! जसलाई हामी मोनोसेकेराइड भन्छौ! एउटा शक्तिको विशेष संरचना साधारण संरचनामा परिवर्तन हुँदा खेरी ऊर्जा निस्किन्छ जसलाई हामी केमिकल ऊर्जा भन्छौ ! अर्थात् ATP, यो शक्तिले हाम्रो शरीरमा रहेका विभिन्न कोषहरूको कार्यको लागी महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ! यदी
शरीरमा शक्तिको कमी -carbohydrates_ भयो भने कोषहरूले ऊर्जा लिपीडबाट पाउने गर्दछन्! यदि लिपीड नै हाम्रो शरीरमा कमी भयो भने त्यस्तो अवस्थामा फेरी लिपिडको काम शक्तिले  carbohydrates गर्ने गर्दछ ! सुन्दा अचम्म लाग्न सक्छ कसरी लिपीडको काम अब carbohydrates  ले गर्न सक्छ भनेर तर अचम्म मान्नु पर्दैन! शरीरलाई सन्तुलनमा ल्याउनको लागी carbohydrates ले त्यस्तो अवस्थामा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ! अब carbohyadrates
को मेटाबोलीजम भयो भने पाइरुभेट भन्ने केमीकल कम्पाउन्ड बन्छ! पाइरुभेट केमीकल कम्पाउन्ड टी.सी.ए चक्रमा गएर एसिटाइल को.ए केमीकल बन्छ! लिपिडको लागी एसिटाइल को.ए एउटा कच्चा पदार्थ जस्तै हो! अर्को तरिका भनेको हाम्रो शरीरमा लिभरमा जम्मा रहेको ग्लाईकोजेनको मेटाबोलीजम भयो भने पनी ऊर्जा निस्किन्छ !

शरीरमा शक्ति सन्तुलन राख्ने महत्त्वपूर्ण तत्त्वहरू मध्ये लिपीड पनि एक हो! कोलेस्ट्रोल पनि एक लिपीड कै महत्त्वपूर्ण प्रकार हो! जसलाई डिराइभड लिपीड भनिन्छ! कोलेस्ट्रोल भन्दा बित्तिकै हाम्रो मानसपटलमा नराम्रो चिज भन्ने मात्र आउने गर्दछ! तर यो नराम्रो चिज मात्र चाही होइन! यसको हाम्रो शरीरमा छुट्टै महत्त्व रहेको छ! कोलेस्ट्रोल संरचनात्मक तवरले हेर्दा चार वटा रिङ्ग मिलेर बनेको एक लिपिडको तत्त्व हो! जसको संरचनात्मक सूत्र  C27H46OH

हुन्छ! कोलेस्ट्रोलले बाइल एसिड बनाउन, भिटामिन डिको सिन्थेसीस गर्न र स्टेरोइड हर्मोन बनाउनमा अहम् भूमिका खेलिरहेको हुन्छ! हामीले खाएको लिपीड पाचनको लागी कोलीक एसिड ,केनोडिअक्सीकोलीक एसिड जस्ता केमीकल तत्त्वहरूको आवश्यक पर्ने गर्दछ जुन कोलेस्ट्रोल बाट पाइन्छ! त्यति मात्र नभएर कोलेस्ट्रोल एउटा प्लाज्मा मेम्मब्रेनको लागी एक महत्त्वपूर्ण कम्पोनेन्टस हो!

कोलेस्ट्रोल लाई मुटुको एक ठुलो दुस्मन मान्ने गरिन्छ! पछिल्लो समयमा मुटु रोगका बिरामीहरू पनि बढ्दो क्रममा रहेका छन्! विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसको मृत्यु हुने प्रमुख कारणहरू मध्य हृदय रोग अर्थात् मुटु रोगÞ पनि एक हो!

कोलेस्ट्रोल हाम्रो कलेजोले बनाएको एक पदार्थ हो! जुन लिपिडको पाचन , भिटामिन डिको सिन्थेसीस र कोष झिल्ली बनाउनको लागी महत्त्वपूर्ण मानिन्छ! त्यति मात्र नभएर हाम्रो शरीरमा रहेका सेक्स केमिकलहरू बनाउनको लागी पनि कोलेस्ट्रोलको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ! कोलेस्ट्रोल घुलनशील हुँदैन त्यसैले यो अर्को अङ्ग सम्म पुग्न सक्दैन! शरीरमा एक अङ्गबाट अर्को अङ्गमा पुर्‍याउनको लागी लिपोप्रोटीनको महत्त्वपूर्ण योगदान रहेको हुन्छ! जसलाई हामी कोलेस्ट्रोल क्यारियर पनि भन्छौ!

यदि शरीरमा कोलेस्ट्रोल बढ्यो भने खासै त्यस्तो लक्षण नदेखिए पनि यसले अरू बिरामीको लागी उत्प्रेरकको काम गर्ने गर्दछ! हाम्रो शरीरमा यदि कोलेस्ट्रोल लेबल बढेको छ भने विभिन्न प्रकारका लक्षणहरू देखिन्छन्! जस्तै तौल बढ्नु, पैतलामा दुखाई हुनु,ज्यादा पसीना आउनु, आदी हुन! शरीरमा उच्च कोलेस्ट्रोल लेबल हुनु मात्र खतरा होइन! न्यून हुनु पनि खतरा नै हो! यदि शरीरमा कोलेस्ट्रोलको लेबल न्यून भएको खण्डमा तनाव, दृष्टिमा हानी,तौल घट्नु, दिशामा चिल्लो पदार्थ देखा पर्नु जस्ता लक्षणहरू देखा पर्ने गर्दछन्!

हाम्रो शरीरमा कोलेस्ट्रोल बढ्नुका कारणहरू धेरै रहेका छन्!ती मध्य असन्तुलित खाना, वंशाणुगत, चिन्ता, धूम्रपान, मद्यपानको प्रयोग आदि हुन्!एक स्वस्थ शरीरको लागी कोलेस्ट्रोलको लवलेमा सन्तुलन आउनु आवश्यक छ! किनकि कोलेस्ट्रोल लेवल बढी वा कम भएमा शरीरमा नोक्सान हुने गर्दछ! शरीरको कोलेस्ट्रोल को मात्रा पत्ता लगाउनको लागी लिपीड प्रोफाइल टेस्ट -LPT_ गरिन्छ! यदि PT भ्यालु 100 भन्दा कम छ भने सन्तुलन भएको मानिन्छ! तर 100

भन्दा माथी छ भने त्यसलाई असन्तुलन भएको मानिन्छ! नियमित व्यायाम, कसरत, यौगा आदी जस्ता शरीरलाई अभ्यास हुने जस्ता कार्यहरू गरेमा हामी उच्च कोलेस्ट्रोल लेवलबाट हुने समस्या बाट बच्न सक्छौ! त्यति मात्र नभएर शरीरको कोलेस्ट्रोल लेवल घटाउनको लागी र त्यसबाट हुने समस्या बाट बच्नको लागी खानपिनमा पनि विशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ!!

नाम: दिपक राज जोशी

रसायनशास्त्र केन्द्रीय विभाग(स्नातकोत्तर तह तेस्रो सेमेस्टर विद्यार्थी हुन)

 

ताजा समाचार