अत्तरिया, नेकपा एमाले नेता डा.भिम रावल सुदुरपश्चिम प्रदेश आएका छन् । प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न रावल यहाँ आएका हुन ।
गेटा बिमानस्थलमा उनलाई समर्थकहरुले स्वागत गरेका छन् । एअरपोर्टमा पुर्व मन्त्री कृष्णराज सुवेदी, अछाम एमालेका नेता प्रकाश शाहले रावललाई स्वागत गरेका छन् ।
रावल अछाम सम्म पुग्ने कार्यक्रम रहेको बुझिएको छ । रावलको यो पटकको भ्रमणलाई अर्थपुर्ण रूपमा लिइएको छ।
रावल एमाले भित्र रहन्छन् कि नयाँ पार्टी खोल्छन् भन्ने चर्चा पछिल्ला दिनहरुमा पेचिलो बन्दै गएको छ । एमाले भित्र रावल अहिले कुनै जिम्मेवारीमा छैनन् ।