रेडक्रसको ६२ औ स्थापना दिवसको अवसरमा अत्तरियामा रक्तदान कार्यक्रम

अत्तरिया, कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । अत्तरियामा रहेको आराम फिजियोथेरापी सेन्टरको मुख्य प्रायोजनमा नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाले कार्यक्रमको आयोजना गरेको हो ।

‘मानवतालाई जिवित राखौँ’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६२औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको रेडक्रस अत्तरिया उपशाखाका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

उनले पछिल्लो समय सुदूरपश्चिममा रगत अभाव भैरहेकाले थोरै भएपनि सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उनले रगत अभावका कारण समस्या भैरहेका अवस्थामा संस्थाको स्थापना दिवसलाई रक्तदान दिवसका रुपमा मनाएको समेत बताए ।अत्तरियाको श्रीकृष्ण मार्केटमा रहेको आराम फिजियोथेरापी सेन्टरमा अहिले कार्यक्रम चलिरहेको छ ।

 

ताजा समाचार